कपुरकोटमा २२ जना क्षयरोगीका विरामी

सल्यान, ८ जेठ ।
सल्यानको कपुरकोटमा २२ जना क्षयरोगिका विरामी रहेको स्वास्थ्य शाखाले जनाएको छ । बुधबार क्षयरोग सम्बन्धी उपचार केन्द्र स्तरिय कोहर्ट विश्लेषण कार्यक्रममा स्वास्थ्य संयोजक अरुण दाहालले यस्तो जनाएका हुन् । चालु आर्थिक वर्षको हाल सम्म सिनवाङ स्वास्थ्य चौकी र रिम स्वास्थ्य चौकीमा पाँच÷पाँच जना र गर्पा तथा धनवाङ स्वास्थ्य चौकीमा चार/चार जना गरि १८ जना क्षयरोगिका विरामीले नियमित औषधि सेवन गरिरहेका छन् । संयोजक दाहालका अनुसार गत वर्षका ३१ जना क्षयरोगीका विरामी मध्य २७ जना निको भएका छन् भने बाँकी ४ जनाले अहिले पनि औषधि सेवन गरिरहेका छन् ।

कोहर्ट विश्लेषण कार्यक्रममा स्वास्थ्य चौकीका ईन्चार्जहरुले क्षयरोगको अवस्थाको बारेमा प्रस्तुतीकरण गर्दै तथ्यांक प्रस्तुत गरेका थिए । कार्यक्रममा गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले टोलटोलमा स्वास्थयकर्मी तथा महिला स्वास्थ्य स्वयमसेविकाहरुबाट क्षयरोगीहरुको खोजि, पहिचान भइरहेको जनाउदै भृटिएका सबैलाई उपचारको दायरामा ल्याइएको बताए । उनले गाउँपालिकाका ६ वटै स्वास्थय संस्थाहरुमा औषधिको अभाव हुन नदिइएको बताए । शंकर केसीले सहजिकरण गरेको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तिला बुढा मगर, प्रमुख प्रशासकीय अधिकृत हिरालाल भण्डारी, ६ वटै वडाका वडाध्यक्ष, राजनीतिक दलका प्रमुख, प्रतिनिधी लगाएतको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया