काेराेना नियन्त्रणका स्वास्थ्य सामग्री सहयोग

सुर्खेत, ८ जेठ ।
कर्णाली प्रदेश सरकारलाई युनिसेफले स्वास्थ्य सामग्री सहयोग गरेको छ । युनिसेफको नेपाल मध्य तथा सुदूरपश्चिम कार्यालयले कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्रालयको समन्वय, युनिसेफ नेपाल तथा साझेदार संस्था सुन्दर नेपालको सहयोगमा स्वास्थ्य लगायत सामग्री सहयोग गरिएको हो ।


बबई नाकामा जाँच गर्न तथा छिन्चुमा स्क्रिनिङ सेन्टरका लागि आवश्यक पर्ने स्वास्थ्य तथा बन्दोबस्तीका सामग्री सहयोग गरिएको सुन्दर नेपाल केन्द्रीय कार्यालय सुर्खेतका कार्यकारी निर्देशक भूपेन्द्र कँडेलले जानकारी दिए ।
उनका अनुसार २५ सयमिटर पि–फम मिटर, दुई हजार थानसर्जिकल मास्क, आठ सय थान ग्लोब्स, एक थान स्प्रेयरसहित २५ केजी क्लोरिन र स्यानिटाइजर लगायतका सामग्री प्रदेश सरकारलाई सहयोग गरेको हो ।

तपाईको प्रतिक्रिया