२५ जना नयाँसहित ४२७ जना काेराेना संक्रमित

काठमाडौँ, ७ जेठ ।
नेपालमा बुधबार थप २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ४२७ पुगेको छ । अहिलेसम्म ३८ जिल्लामा संक्रमण देखिएको छ । बुधबार देखिएका संक्रमित ३ देखि ४८ वर्ष उमेर समूहका छन् । यीमध्ये ७ महिला र १८ पुरुष छन् । एकजना कपिलवस्तुका ३ वर्षीय बालक पनि संक्रमित भएका छन् ।


बाँकेमा नरैनापुर र खजुराका गरी ६ पुरुष संक्रमित भएका छन्। त्यस्तै, धनकुटामा पाँच जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै, कपिलवस्तु बालबालिका र महिलासहित १३ जना नयाँ संक्रमित थपिएका छन् । नवलपरासी पश्चिममा क्वारेन्टाइनमा रहेका एकजनामा पनि संक्रमण देखिएका छन् । यस्तै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या ४५ पुगेको छ भने कोरोना संक्रमण कारण अहिलेसम्म दुई जनाको निधन भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार