सरकार र जनताले सोचेको नाथे कोरोना

रामचन्द्र न्यौपाने/पत्रकार
डोल्पा                                                                                                                                                                         सरकारको कोरोना नियन्त्रण नितिःहिँड्दैछ पाइला मेट्दै छ भनेजस्तै भएको छ

चिनको वुहान शहरबाट फैलिएको कोरोना भाइरस(कोभिड–१९) का कारण आज विश्व आक्रान्त छ । विश्वको अर्थतन्त्र धरापमा परेको छ ।रेमिट्यान्स र पर्यटनमा निर्भर नेपालको अर्थतन्त्रको दियो निभ्न थालि सकेको छ । विश्काका साना देखि ठुला देशहरु कसरी आफ्ना नागरिक जोगाउने भन्ने गम्भिर चिन्तामा छन् । महामारीको रुपमा फैलिरहेको कोरोनाको संक्रमणबाट विश्वभर तीन लाख बिस हजार नागरिकले ज्यान गुमाइसकेका छन् । करिब पचास लाख संक्रमित छन् ।मानिसको ज्यानै लिने गरि आक्रमण गर्ने कोराको औषधि पत्ता लगाउन विश्व अझै सफल हुन सकेको छैन् ।तर,प्रयास भने जारी राखिएको छ ।यसरी मावन इतिहाँस नै तहसनहस पार्ने गरि उत्पन्न कोरोना भाइरसलाई सरकार र जनताले ठट्टा ठानेका छन् ।

सरकारको सोच
सरकारले कोरोना भाइरसलाई हात्ति जस्तै ठानेको छ ।जसरी हात्तिलाई तवेलामा सानो साङ्लोमा बाँधेर नियन्त्रण गर्न सकिन्छ ।त्यसैगरि कोरोनालाई पनि फलामे साँङ्लोले बाँधेर नियन्त्रण गर्ने सक्ने कुचेष्टा भइरहेको छ । यहि गम्भिर भुलले देशमा दिन प्रति दिन कोराना संक्रमित बडिरहेका छन् ।हालसम्म देशका ४ सय १९ जना (आर्टिकल तयार पारुञ्जेल) लाई कोरोना पुष्टि भइसकेको छ ।कोरोनाकै संक्रमणबाट तीन जनाले ज्यान गुमाइ सके ।कोरोना आखाँले देख्न नसकिने खतरनाक जिवाणु हो,जसले एकै पटक हजारौँ नागरिकको ज्यान लिन सक्छ भन्ने कुरा बुझ्न नसकेर सरकारको सोचमा अझै बिर्को लागेको प्रस्ट छ ।सरकार आफैले लकडाउन घोषणा गरेको छ ।म्याद थप्दै लकडाउन लम्ब्याउँदै गरिएको छ । लकडाउनको अर्थ जो जहाँ छन् त्यहि सुरक्षित सँग बस्ने र घर बाहिर ननिस्कने भन्ने हुन्छ ।तर,सरकारको कोरोना नियन्त्रण निति भने हिँड्दै छ पाइला मेट्दैछ भने जस्तै गर्न उद्धत देखिन्छ ।

जसको ज्वलन्त उदाहारणको रुपमा कोरोना नियन्त्रण गर्न अत्यावश्यक स्वास्थ्य सामग्रि खरिदमा करोडौँ घोटाला, सरकारले भर्खरै सम्मन्न गरेको नयाँ आवको निति तथा कार्यक्रममा कोरोना नियन्त्रण बजेट लाई बेवास्ता गरिनु पनि हो ।देशभर लकडाउन घोषणा गर्नु,एस.इ.ई रोक्नु,बिद्यालय क्याम्पस बन्द गरेर मात्र कोरोनाको संक्रमण रोक्न सकिँदैन् । कोरोना नियन्त्रणका लागि सरकार योजनावद्ध र गम्भिर भएर जुट्न जरुरी देखिन्छ ।स्थानीय प्रशासन नागरिकलाई कोरोनाको जोखिमबाट जोगाउन जिल्ला शिल गर्ने,कर्फयु लगाउने लगायतका निर्णय गर्छ,अर्को तिर आफ्नै संयन्त्रले गरेको निर्णयलाई पाखा लगाउँदै प्रदेश र संघिय सरकार निर्धक्क अनुमति दिएर नागरिहरु जिल्ला पठाउन प्रतिसपर्धा गर्छन् ।नागरिक पठाउन पनि सांसद र मन्त्रीका निजि स्वार्थ जोडिएका छन् । चुनावमा पाउने भोटका आसमा आफैले रोपेको बिउ आफै उदिन्न थालेका छन् । यिनै निजि स्वार्थका कारण आफ्नै जिल्लाका नागरिक पठाउन पनि पार्टी,बेपार्टी,आफ्ना पराइ भनेर विभेद भइरहेको छ । के सांसद र मन्त्रीका मान्छेलाई कोरोना नलाग्ने हो र,उनिहरुलाई लागेको कोरोना अरुलाई नसर्ने हो र ? होइन भने आफैले गरिएको निर्णय उलंघन गरेर रातारात किन नागरिकहरु गाउँ पठाइन्छ त जनजनको प्रश्न सांसद र मन्त्री लाई ? यि सबै कुरालाई सतही रुपमै नियाल्ने हो भने राज्यको कानुन भन्दा पनि माथि सांसद र मन्त्री भएको कुरा सहजै प्रष्ट हुन्छ । प्राकृतिक प्रकोप र महामारीले पद एवम् प्रतिष्ठा चिन्दैन ढुक्क हुनुस सांसद र मन्त्री ज्यु ।यसरी राज्य संयन्त्रको बाझिँदो नितिले कोराना भाइरसलाई कसरी नियन्त्रण गर्न सक्ला र ।सरकारको कटाक्ष शैलीले नियन्त्रण होइन जोखिम बडाइ रहेको छ ।नागरिक ल्याउने सवालमा गाउँ–गाउँका सिँहदरवार (स्थानीय सरकार) लाई पनि उर्लदो करुणा भाव पैदा भएकै हो ।

जुन भावका कारण सुरक्षित गाउँमा बसेकालाई पनि जोखिम बडेको छ भने उनिहरु पुग्ने गाउँ घरमा समेत थप जोखिम निम्तिएको छ ।करोडौँ रकम चलाउने अक्तियारी पाएका स्थानीय तहले बुद्धिमता नपु¥यायर अलपत्र नागरिक उद्धार गर्ने नाममा लाखौँ खर्च गरेर नागरिक भित्रयाउँदा शहरको जोखिम गाउँमा पुगेको बुद्धिजिविहरुको बुझाई छ ।तीनै तहको सरकार सँग थोरै भए पनि बुद्धि र बिवेग भएको भए लकडाउन घोषणा गरे यता मात्रै लाखौँ नागरिकहरु उद्धार गरेर गाउँ–गाउँमा किन पु¥याइन्थ्यो होला ।सबै भन्दा धेरै दुर्गम र विकटका स्थानीय तहले नागरिक उद्धार गरे ।उद्धार गरिनेमा सबै भन्दा धेरै शिक्षा आर्जनका लागि शहर हानिएका बिद्यार्थिहरु रहेका छन् ।उनिहरु लाई जहाँ छन् त्यहि व्यवस्थापन गर्नुपर्ने कतिपयको धारणा थियो ।जसबाट गाउँघरको जोखिम कम हुने बताइन्छ ।उद्धारको क्रम अझै जारी रहेको छ ।स्थानीय तहले गतिला क्वारेन्टिन र आइसोलसन बनाएका छैनन् ।नाम मात्रका स्वास्थ्य उपचार संरचनाले थप जोखिम बडाएका छन् ।यदि कोरोना जोखिम कम गर्ने हो भने प्रभावकारी व्यबस्थापन गर्न जरुरी देखिन्छ । दुर्गम तिरका स्थानीय तहमा त स्वास्थ्यकर्मीहरु पि.पि.ई बिनानै सामान्य थर्मोमीटर एक पछि अर्को घुसायर कोरोना जाँच गर्न बाध्य छन् ।


स्वास्थ्यकर्मी सँग न पर्याप्त इन्फायर थर्मोमीटर छ,न त पि.पि.ई सेट र औषधि नै ।दुर्गमका स्वास्थ्य संस्थामा सामान्य कोरोना लक्षण जाँच गर्ने तयारी समेत गरिएको छैन् ।पर्याप्त दु्रत परिक्षण किट नहुँदा क्वारेन्टिनमा बसेका नागरिकहरु पनि जाँच बिनानै घर फर्केको पाइन्छ ।स्वास्थ्य संस्थामा आएका बिरामिहरु लाई सामान्य हेरफेर गरेर पठाउँदा एकातिर स्वास्थ्यकर्मीहरु नै जोखिमा छन भने अर्को तिर कोरोना जोखिम पहिल्याउन सकिएको छैन् ।जसले गर्दा बाहिर नदेखिए पनि गाउँघरमा संक्रमण फैलिन सक्ने खतरा बड्दो क्रममा छ ।बिना तयारी असुरक्षित भएर काममा होमिँदा कसरी स्वास्थ्यकर्मीले भरपर्दो सुविधा प्रदान गर्लान् । पर्याप्त औषधि उपकरण दिएर मात्र काममा खटाउनु पर्ने स्वास्थ्यकर्मीको भनाइ छ ।स्थानीय सरकार औपचारिकता निभाउनै ठिक्क छ ।कोरोना संक्रमणको उच्च जोखिममा रहेको भारतबाट समेत नागरिक ल्याउने क्रम चलिरहेको छ ।उक्त कार्यले संक्रमण दिन रात फैलँदै गएको छ ।तीनै तहको सरकारको ढुलमुले कोरोना नियन्त्रण नितिका कारण आज देशैभर कोरोनाको जोखिम र सन्त्रास बडेको छ ।यसलाई नियन्त्रण गर्न सरकार तीन वटै सरकार थप गम्भिर बन्नु पर्ने देखिन्छ ।

जनताको सोच
सञ्चार माध्यामहरुबाट विभिन्न देशमा कोरोनाले मृत्यु भएका खबरहरु गुञ्जिरहेका छन् ।केही दिन अघि मात्रै नेपालमा कोरोना भाइरसकै कारण दुई जनाको मृत्यु भएको खवर पनि सुनेका छौ ।तर,यस्तो क्रुर कोरोनालाई ख्याल ठट्टामै लिएका छौँ ।कोरोना लाई नजिकबाट चिन्न सकेका छैनौँ ।जसको शिकार हामि ,हाम्रो परिवार र गाउँ समाज भइरहेको छ ।कोरोनाले विश्व रोइरहँदा समेत हामि अझै ठट्टाको रुपमा लिइरहेका छौ ।कोरोनाले नेपालमा मान्छे धेरै नमर्लान ? नेपालमा त बृद्ध नागरिक पनि सञ्चो भएर घर फर्कछन् भने हामिलाइ के होला र,लकडाउन शहरीया मान्छेलाई मात्र हो हामिले किन मान्नु जस्ता इत्यादि गैह्र जिम्मेवार पुर्ण प्रश्न र अड्कलबाजी आफैलाई गरेर छाडा भइरहेका छौँ ।कोरोनालाई झाडापखाला लगाउने ब्याक्टेरिया सँग तुलना गर्दै बसेका छौँ ।देशका कुना कन्दरमा सहजै उपलब्ध हुने सिटामोल झै कोरोनाको औषधि पाइन्छ जस्तै ठानेको छौँ ।त्यसैले पनि आफ्नो मृत्युको खाडल आफैले खनिरहेका छौ ।तर,हामिलाई पत्तो भने छैन् । कोरोना महामारीका बेला हाम्रो जन्मभुमि प्रतिको स्नेह बड्ै छ ।

कुनै बेला त्यहि गाउँलाई खाते गाउँ भन्दै सदाका लागि रगिंन शहरिया जीवन बिताउने सोचमा हानिएका हामिलाई महामारीकै बेला निर्लज्ज कोरोना लिएर गाउँ पस्न मन लाग्दैछ ।कुनैबेला एक टुक्रा जमिन समेत नजोगाएर बिक्रि गरेर हिँडेका हामिलाई महामारीका बेला त्यहि गाउँ अति प्यारो किन ? हामि जहाँ छौँ त्यहिँ सुरक्षित बस्न सक्दैनौ र ।महामारीले गरिब, धनि, दुखि, सुखि, डुलुवा, बटुवा,मन्त्री, प्रधानमन्त्री, निर्धो,बलियो चिन्नेवाला छैन् । गाउँ फर्कनकै लागि आफु निकट एवम् भोट दान गरेका नेता सँग हारगुहार गर्दैछौँ,उद्धारको सवालमा सरकारलाई सामाजिक सञ्जालबाट अमानविय दबाव दिइरहेका छौ । हामि लाई किन सोच आउँदैन् होला कि कोरोना एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलने महामारी हो भनेर ।बरु उद्धारको हारगुहार गर्ने हाम्रो पुकारलाई अलि वैज्ञानिक बनाउ न ।हामि जहाँ छौँ त्यहि बस्छौ भनौ न ।शहरको जोखिम गाउँमा पु¥याउन चाहान्नौ किन भन्न सक्दैनौ ।जहाँ बसेका छौँ त्यहि बसेर आइपर्ने समस्या सुल्झाउन लगाउँ न ।कोरोनालाई नाथे सम्झने नागरिकस्तरको सोच कहिले सकारात्मक होला ।लकडाउनको पुर्ण पालना गरौँ,उच्च सतर्कता अपनाउ गलत सुचनाबाट जोगिउँ, अत्याआवश्यक काम बिना घर बाहिर निस्कने नगरौँ अनिमात्र कोरोनाको महामारीबाट आफु पनि जोगिउँला अरु पनि जोगिएलान ।होइन भने कोरोनाको कहरले विश्व रोइरहेका बेला सरकार र जनता ठट्टे बने हाम्रै अस्तित्व धरापमा पर्ने हो निश्चित प्रायः छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार