दुर्गा विसी
सिम्ता, ७ जेठ ।
सिम्ता गाउँपालिकामा भारतबाट भित्रने तयारीमा रहेका करिव ४ हजार बढी नागरिक लागि वडा वडामा क्वारेन्टाइनको व्यवस्थापन गरिँदै छ । सिम्ता गाउँपालिकाको यस अघि एउटा मात्रै क्वारेन्टाइन वागेश्वरी मावि राकममा रहेको थियोे ।
आफ्ना नागरिक भारत तथा अन्यमुलकबाट भित्रने भन्दा पूर्व तयारी स्वारुप गाउँपालिकाको ९ वटै वडाका मावि निमावि र प्रावि विद्यालयहरुमा क्वारेन्टाइन बनाउन तयारी सुरु गरेको छ । १/२ दिन भित्र क्वारेन्टाइनको सबै कामहरु पूरा हुने जनाएको छ । सिमा नाकामा आएर कष्टकर जीवन बिताइरहेका भोकले व्याकुल आफ्ना नागरिकलाई उचित व्यवस्थापनका साथ नेपाल भित्त्र्याइदिन केन्द्र सरकार र प्रदेश सरकारसँग गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसीले जोडदार माग गर्नुभएको छ ।
उहाँलाई सिमानाका सम्म पुगि गाउँपालिका ल्याउन तयारी अवस्थामा रहेको छ । भारतमा मजदुरी गर्न पुगेका नागरिक लकडाउनका कारण काम नपाई रोजगारी गुमेर ज्यान बचाउन देश फर्केका नागरिकलाई सिमा अलपत्र पारी झन रोगको संक्रमण फैलाउनु भन्दा उचित प्रवन्ध गरी प्रदेश सरकार र स्थानीय तहले जिम्मा लिनु उचित उपाए हो ।
सिमा नाकामा उचित व्यवस्थापन, खानपिन नभए बासीभातले भोक मेटाइरहेको खबर सुन्ने गरेकोले यथासक्य चाँडै उनीहरुको व्यवस्थापन गर्न अध्यक्ष केसीले जोडदार माग गर्नुभएको छ । रोगले बढि नागरिक भोकले र लामखुट्टेको टोकाइले अन्य संक्रमणको खतरा बढेकोले त्यसतर्फ सचेत भइदिन पनि आग्रह गरिएको छ ।
५ प्रतिशत नागरिक लकडाउन अघि सिम्ता आइसकेको र उनीहरु सबैको स्वास्थ्य चेकजाँच गरिसकेकाले अब आउने नागरिकको लागि क्वारेन्टाइनको समयमै उचित व्यवस्थापन समेत गरिएको जनाएको छ । हाल भारतमा मजदुरीका लागि सिम्ता गाउँपालिका भित्रका ४ हजार ४ सय ८१ जना नागरिक रहेको जनाएको छ । उनीहरुको स्वास्थ्य चेकजाँचको प्रवन्ध मिलाई छिटोभन्दा छिटो भारतीय सिमानाकामा कष्टकर दिन काटिरहेका नागरिकलाई भित्त्र्याउने तर्फ पहल गर्न माग गरिएको छ ।
युग संवाददाता । । ७ जेष्ठ २०७७, बुधबार ०७:३९