कोरोना संक्रमित संख्या ४ सय २ पुग्यो

काठमाडौँ, ६ जेठ ।
स्वास्थ्य मन्त्रालयले थप २७ नयाँ संक्रमित फेला परेको जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार मंगलबार भेटिएका संक्रमित १७ बर्षदेखि ४२ वर्ष उमेर समूहका छन् ।


२७ जनामध्ये १४ जना पुरुष र ३ जना महिला छन् ।झापाका ९, मोरङका १, सुनसरीका १, सर्लाही २, काठमाडौँ ३, भक्तपुरमा १, मकवानपुरमा १, रामेछापमा १, ललितपुरमा १, सिन्धुलीमा १, लम्जुङमा १, कपिलवस्तुमा ४ र नवलपरासीमा १ नयाँ संक्रमित भेटिएका हुन् । योसँगै संक्रमितको संख्या ४ सय २ पुगेको छ ।

तपाईको प्रतिक्रिया