जब सात्तलामा कोरोना संक्रमण देखियो

वीर बहादुर नेपाली
नेकपा वडा अध्यक्ष, १ नं. वडा सात्तला, आठविस नगरपालिका

कर्णाली प्रदेशको दैलेख जिल्ला आठबीस नगरपालिका वडा न.१ सात्तला मा पनि कोरोना भाइरस (Covid-19) PCR रिपोर्ट पोजेटिभ देखिएको छ । संक्रमित ब्यक्ति ३५ बर्षिय युवक भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिज्ञप्तीमार्फत जानकारी गराएको छ । ब्यक्तिको विवरण भने खुलाएको छैन । भारतको आग्रा भन्ने ठाउँमा आलु स्टोरको काम गर्न गएको टोलीका एक युवकलाई संक्रमण भएको पुष्टि भएको छ । भारतको आग्राबाट ३९ सदस्यीय यो टोली चैत्र १८ गते कञ्चनपुर गड्डाचौकी नाकामा आइ पुगेको हो । ३९ जनाले करिब त्यहाँ ४५ दिन क्वारेन्टाइन मा बिताएका थिए । १४ जना वनबाँसा नजिकको सारदा इन्टरकलेजमा र बाँकी २५ जना टनकपुर स्थित एम.डि. स्कुलमा क्वारेन्टाइन समय बिताएका थिए । जेष्ठ १ गते गड्डाचौकी नाकाबाट उद्दार गरी ल्याइएको हो । हाल ३९ जना सबै आठबीस नगरपालिका वडा न.१ सात्तला, दैलेख स्थित लक्ष्मी माध्यमिक विद्यालयमा बनाएको क्वारेन्टाइन मा छन् ।

आठबीस नगरपालिका वडा नं. १ लाई तत्काल शिलगरी आबश्यक कदमहरु चाल्न आठबीस नगरपालिका, कर्णाली प्रदेश सरकार र संघीय सरकारलाई विनम्रताका साथ अनुरोध गर्दछु । तत्काल वडालाइ सिल गराै‌, सबै वडाबासीकाे पिसिअार जाँच गराै‌ । उनी अाउँदा बाटाेमा कहाँ कहाँ राेकिए, कहाँ कहाँका साथीसगी थिए उनीहरुकाे साेधि खाेजी गरी तत्काल परीक्षणकाे दायरामा ल्याअाै‌ ।  तत्काल आबश्यक कदम नचाले यहाँ को स्थिती भयावह हुने देखिन्छ । क्वारेन्टाइनमा रहेका ब्यक्तिहरुले पालना गर्नुपर्ने नियमहरु पालन नगरी बेवास्ता गरेको देखिन्छ । क्वारेन्टाइनमा रहेका ब्यक्तिहरु राती समूहमा देउडा खेल्ने दिउँसो विभिन्न खेलहरु खेल्ने गरेको देख्न पाइन्थ्यो । त्यसैले कडा याक्सनका साथ क्वारेन्टाइनमा रहेका ब्यक्तिहरुको पुनःस्वास्थ्य परीक्षण गर्न हुन जोडदार माग गर्दछु । प्राय जसो घरबाट आफन्तहरु भेटघाटमा जाने, खाजा नास्ता लिने, खाजा नास्ता लिएका भाँडावर्तन ओहोरदोहोर गर्ने र क्वारेन्टाइनमा रहेका ब्यक्तिले ल्याएको सरसमान लत्ताकपडा घरमा लिने र र रुपैयाँ पैसाको कारोबार गर्नेसमेत काम भएको बुझ्न पाइएको छ ।


क्वारेन्टाइन ब्यवस्थापन र स्वास्थ्य परीक्षणका क्रममा स्थानीय सरकारका प्रमुख प्रतिनिधि राजनीति दलका प्रमुख प्रतिनिधि तथा स्वास्थ्यकर्मीहरु क्वारेन्टाइन भित्र पिपिई बिना आवतजावतसमेत गरेको पाइएको छ । त्यसैले यस वडामा कर्फ्यु जारी गरी शिघ्ररुपमा वडाबासी सबैको स्वास्थ्य परिक्षण गरी उपचार कार्य अघि बढाउन हुन सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । स्थानीय तहले आफ्नो तहबाट गर्नुपर्ने कुनै कसर बाँकी राखेको छैन अझै आफ्नो गतिमा तिब्रता दिन अनुरोध गर्दछु । साथै ठाँटिकाँध गाउपालिकाका ७ र ८ जना चामुन्डा बिन्द्रासैनी र दुल्लु न.पा. का १–१ जना यहि ३९ जनाको समूह संगै एउटै गाडीमा आएको कुरा क्वारेन्टाइनमा रहेका ब्यक्तिबाट बुझिन आएको छ ।

स्थानीय सरकारले आफ्नो तर्फबाट क्षमता अनुसार कोरोना नियन्त्रण, रोक्थाममा भरपुर प्रयास गरेका छन् । पैसा तिरेर पनि स्वास्थ्य सामाग्रीहरु पाउन सकिरहेको अवस्था छैन । प्रदेश सरकार र केन्द्र सरकारको स्वास्थ्य विज्ञसहितको टीम क्वारेन्टाइन स्थलसम्म आइपुगेको अवस्था छैन । कोरोना संक्रमित युवासंगै आएका अन्य नागरिकको प्रारम्भिक ट्राभल्स हिस्टी हेर्दा दैलेखका आठविस, दुल्लु, चामुण्डाविन्द्रासैनी नगरपालिका र ठाँटीकाँध गाउँपालिका कोरोनाको उच्च जोखिममा परेका छन् । क्वारेन्टाइनमै बसेका तीन जना भागेर घर गएको सूचना प्राप्त भएको छ । त्यसैले ती ब्यक्ति को को हुन भन्ने कुरा पत्ता लगाई सम्बन्धित निकायले शिघ्र कारबाही बढाउन समेत अनुरोध गर्दछु ।

याे पनि पढ्नुहाेस :

कर्णालीका पहिलो कोरोना संक्रमित: बनबासामा ४५ दिन रोकिए, ५३ जना एउटै बसमा फर्किए


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार