विपन्न बालबालिका अभिभावकलाई राहत

दुर्गा विसी
सिम्ता, ६ जेठ ।
सुर्खेतको सिम्ता गाउँपालिकामा महिला किशोरी तथा बालअधिकार कार्यक्रम (केट नेपाल) सुर्खेतको सहयोग र सिम्ता– नं वडा कार्यालय, वाईजिजिपी सुर्खेतको समन्वमा खाद्यान्न वितरण गरिएको छ । महिला किशोरी तथा बालबालिका कार्यक्रम अन्तर्गत (केड नेपालको) सहयोग र वाइजिजिपी संस्थाको समन्वयमा सिम्ता गाउँपालिका वागेश्वरी मावि राकमका १ सय जना विपन्न विद्यार्थीका अभिभावकलाई खाद्यान्न राहत वितरण गरिएको छ ।


प्रतिव्यक्ति २५ केजी चामल,३ केजी दाल,२ लिटर तेल र २ केजी नुन वितरण गरिएको थियो । साथै उक्त कार्यक्रम स्वास्थ्य चौकी राकमलाई पनि माक्स ५ पाकेट, साबुन १ पेटी, सेनिटाइजर ७ डिब्बा लगायत स्वास्थ्य सामाग्रीसमेत हस्तान्तरण गरिएको छ । राहत वितरण कार्यक्रममा वडा अध्यक्ष राजेन्द्र सिंह ठकुरी, वाइजिजिपिका कार्यक्रम संयोजक वेल बहादुर विक र गैसस महासंघ सुर्खेतका अध्यक्ष घनश्याम केसी लगायतको टोलीले उक्त राहत रकम वितरण गरेको हो ।

स्थानीय युवा कल्व, वडामा कृयाशिल राजनीतिक दल र समाजसेवी बुद्धिजिविहरूको सहभागीता रहेको थियो । विपन्न विद्यार्थीका अभिभावकलाई छनौट गरी राहत वितरण गरिएको गैसस महासंघका जिल्ला अध्यक्ष केसीको भनाई छ ।

तपाईको प्रतिक्रिया