कालोवजारी रोक्न स्थानीय सरकार मुखदर्शक

दुर्गा विसी
सल्यान (सल्लीबजार) ६ जेष्ठ
सल्यान सल्लिवजारमा अतिआवश्यक सामग्रीको दैनिक आपूर्ति हुँदाहुँदै पनि सर्वसाधारण नागरिकले चर्को मुल्यमा सामान खरिद गरिरहेका छन् । दाल, चामल, तेल, नुन लगायतका उपभोग्य खाद्य सामग्रीमा यहाँका व्यापारीले कालो धन्दा गरिरहेको स्थानीयको गुनासो छ ।

रिचार्ज कार्ड समेत ५ देखि १० रुपैयाँ बढाई विक्रि वितरण भैरहेको छ । दैनिक दिन नागरिकले उपभोग गर्ने सामानहरु सल्ली आसपासमा ट्रकका ट्रक आउँछ तर पनि व्यापारीले किलोको २ सय देखि ५ सय बढाई विक्री गरेको पाएको छ ।  एक हजार पर्ने मोटो चामल १५ सय र १५ सय ५० पर्ने मसिनो चामलको मूल्य २२ सयमा विक्री गरेको भेटिन्छ । खाने तेल लिटरमा १ सय ५० सम्म बढाइ विक्री वितरण हुँदा समेत स्थानीय सरकार, प्रहरी, प्रशासन यसप्रति बेखबर बनेको छ ।

लकडाउनको सुरुवाती चरणमै यहाँका व्यापारीले सामान लुकाइ कालोबजारी गरिरहेका छन् । यस्तो विक्रेताप्रति यहाँका सरोकारवाला निकाय भने मौन बसेको स्थानीयको भनाई छ । व्यापारीहरु भने नेपालगञ्ज लगायत अन्य ठाउँमै सामान महंगिएकोले यहाँ सामान महंगोमा विक्री गर्नु परेको जनाएका छन् ।

लकडाउनमा कालोवजारी कमाउनेहरुको हर्कतले यहाँका स्थानीयले दिनप्रतिदिन ठुलै सास्ती खेप्नुपरेको छ । नियमनकारी निकाय मौन रहँदा नागरिकले चरम कालोवजारीको समाना गर्नु परिरहेको छ । देशमै उपभोग्य वस्तु महंगिरहेको बेला सल्लिमा मात्रै कहाँबाट सामान सस्तोमा भेटन सकिन्छ भनेर यहाँका व्यापारी उल्टै ग्राहकलाई थर्काउने गरेका छन् ।

लिन्छौं लेउ नत्र जाउ भन्ने जवाफ समेत यहाँका स्थानीयले व्यापारीको मुखबाट सुन्नु परिरहेको छ । आफनै क्षेत्रमा स्थानीय सरकार भएपनि यो महामारीमा नागरिक पिडामा पर्दा, ठगिदा उक्त सरकारहरु वेखवर हुनुले स्थानीय चिन्तित बन्ने गरेको जनगुणासो बढेको छ ।

तपाईको प्रतिक्रिया