कोरोना संक्रमित ३०४ जना जना मध्ये पत्रकार ४ जना

काठमाडौं, ५ जेठ ।
बारामा फेला परेका कोरोना संक्रमित स्थानिय एफएममा पत्रकार रहेको खुलेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार बाराको करैयामाई–५ निवासी ३८ वर्षीय पुरुषमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको जनाएको छ ।

ती ३८ वर्षीय पुरुष कलैयास्थित संस्कार एफएममा कार्यरत रहेका थिए । योसँगै नेपालमा कोरोनाभाइरसबाट संक्रमित पत्रकारको संख्या ४ पुगेको छ ।  यसअघि पर्सामा दुई तथा धनुषामा १ जना पत्रकारमा कोरोनाभाइरस संक्रमणको पुष्टि भइसेको छ । नेपालमा कूल संक्रमितको संख्या ३०४ पुगेको छ ।

तपाईको प्रतिक्रिया
error: Content is protected !!