भेरी नदीमा डुबेर बालिका वेपत्ता

दुर्गा विसी
सल्यान, ५ जेठ ।
सल्यानको पश्चिम क्षेत्र वनगाड कुपिण्डे नगरपालिका वडा नं. १ घाटगाउँ निवासि प्रेम विकको १० बर्षिया छोरी लक्ष्मी वि.क., भेरी नदीमा पानी भर्न जादा डुवेर बेपत्ता भएकी छन् । भेरी नदीमा बेलुकि ७ बजेको समयमा साथीहरूसँग पानी ल्याउन गएको समयमा भेरीले बगाएको थियो ।

भेरी धमिलो र अबेर राती भएकोले खोजि कार्य गर्न नसकिएको ईलाका प्रहरी कार्यालय सल्लिबजारले जनाए छ । सोमबार विहानैदेखि भेरी नदीमा डुबेर वेपत्ता बालिकाको खोजि कार्य भैरहेको ईलाका प्रहरी कार्यालय सल्लिबजारले जनाएको छ । भेरी किनारमा बर्सेनि भेरी नदिमा पानी भर्न र सरसफाईको लागि नुहाउन जानेहरु नदीले बगाउँदा अकालमै ज्यान गुमाउने गर्दैछन ।

तपाईको प्रतिक्रिया
error: Content is protected !!