मन्त्रिपरिषदको निर्णय जेठ २० गतेसम्म लकडाउन

काठमाडौं, ४ जेठ ।
सरकारले लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् । यसअघि बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन लम्ब्याउनुपर्ने निष्कर्ष निकालेको थियो ।


यसअघि सरकारले जेठ ५ गतेसम्म लकडाउन घोषणा गरेको थियो । पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा कोरोना संक्रमितको संख्या बढेको र २ जनाको मृत्युसमेत भएपछि सरकारले थप दुई हप्ता लकडाउन गर्ने निर्णय गरेको हो ।

तपाईको प्रतिक्रिया
error: Content is protected !!