‘लकडाउन’ १५ दिन थप्दै कडाइ गर्न सरकारलाई सिफारिस

काठमाण्डौ, ४ जेठ ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन लम्ब्याउँदै थप कडाइ गर्न सरकारलाई सिफारिस गरेको छ । लकडाउन लम्ब्याउनेबारेमा मन्त्रिपरिषद्ले निर्णय गर्नेछ । नेपालमा कोरोना संक्रमणको अवस्था हेरेर १५ दिनसम्म लकडाउनको अवधि थपिन सक्ने बताइएको छ ।

sf7df8f}F, % r}t M
sf]le8–!( /f]syfd tyf lgoGq0f pRr:t/Lo ;dGjo ;ldlt a}7s
sf]le8–!( /f]syfd tyf lgoGq0f pRr:t/Lo ;dGjo ;ldltsf] a}7s l;+xb/af/l:yt k|wfgdGqL tyf dlGqkl/ifbsf] sfof{nodf a:b} .t:jL/M /f]zg ;fksf]6f÷/f;;

आइतबार बसेको समिति बैठकले जेठ ५ गतेपछि लकडाउन थप कडाइ गर्न सरकारलाई सिफारिस गरेको हो । लकडाउनको कारण ठूलो दुर्घटनाबाट जोगिएको अवस्थामा थप कडाइ गर्ने विषयमा सरकारलाई सिफारिस गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले बताउनुभयो ।

बजेट छुट्याएरै भए पनि पालिकाहरुमा स्थापना भएका क्वरेण्टीनहरुलाई व्यवस्थित गर्नुपर्ने निर्णय बैठकले गरेको छ । उहाँले भन्नुभयो, ‘संक्रमितको संख्या बढ्दो छ । दुई जनाको निधन भएको खबर पनि आएका छन् । लकडाउन नभएको भए अझ अवस्था भयावह हुन्थ्यो भन्ने बैठकको निष्कर्ष छ ।

लकडाउन अझ कडाइ गर्दै लैजाने र पालिकाहरुमा स्थापना भएका क्वरेण्टीनहरुलाई व्यवस्थित गर्दै लैजाने बैठकको निष्कर्ष छ ।’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बैठकले सुरक्षा व्यवस्थालाई प्रभावकारी गर्ने, आपूर्ति व्यवस्थालाई सहज गर्दै दैनिक उपभोग्य वस्तुको नियमित आपूर्ति गर्ने निर्णय पनि गरेको छ । सरकारले पछिल्लो पटक थपेको लकडाउनको अवधि यही सोमबार सकिँदैछ ।

तपाईको प्रतिक्रिया