पत्रकारहरुको कोरोना परीक्षण

अमर सुनार
दैलेख, ४ जेठ ।
जिल्लाका क्रियाशील पत्रकारहरुमा कोरोना भाइरस (कोभिड १९) संक्रमण भए नभएको पत्ता लगाउन आज १८ जना पत्रकारहरुको नेजोफ्राञ्जियल स्वाव संकलन गरिएको छ । नेपाल पत्रकार महासंघको समन्वयमा स्वास्थ्य सेवा कार्यालय दैलेखले स्वाव संकलन गरेको हो ।


संकलित नेजोफ्राञ्जियल स्वाव परीक्षणका लागि कर्णाली प्रदेश प्रयोगशाला सुर्खेत पठाइएको र यसको रिजल्ट ४–५ दिनमा आउने स्वास्थ्य सेवा कार्यालयका कोभिड १९ फोकलपर्सन थीरप्रसाद रेग्मीले जानकारी दिनुभयो । क्रियाशील पत्रकार मध्ये समाचार संकलनका लागि फिल्डमा हिंडिरहेका पत्रकारहरुको स्वाव लिइएको नेपाल पत्रकार महासंघका सहसचिव महेन्द्र सापकोटाले बताउनुभयो ।
चार दिन अघि पर्सामा २, धनुषा र उदयपुरमा १–१ जना गरी ४ जना पत्रकारहरुमा कोरोना संक्रमण पुष्टि भएपछि कर्णाली प्रदेश सरकारले यो प्रदेशका १० जिल्लाकै पत्रकारहरुको कोरोना परीक्षण गर्ने गरेको निर्णय अनुसार नेजोफ्राञ्जियल स्वाव संकलन गरिएको हो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार