कोरोना राहत कोषमा सुर्योदय लघुवित्तकाे ५० हजार सहयोग

दुर्गा विसी
सल्यान, ४ जेष्ठ ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको कोरोना राहत कोषमा सहयोग गर्ने दाताहरु दिनप्रतिदिन थपिदै गएका छन् । हालसम्म नगरको कोरोना राहत कोषमा सुर्योदय लघुवित्त सल्लिवजारले शाखाले ५० हजार, दलित विकास संघले १० हजार, चेतना सामाजिक संघले ७ हजार, महिला सह्यात्राले १५ हजार, वातावरण वहुउद्देश्य सहकारीले ४० हजार, उद्योग बाणीज्य संघ सल्यानले १५ हजार, वनगाड कुपिण्डे नगरपालिकाका कर्मचारीले एक लाख ८२ हजार रकम सहयोग गरेको जनाएको छ ।

नगरपालिकाकाको कोरोना कोषमा हालसम्म ३ लाख १९ वरावरको रकम सहयोग भएको जनाएको छ । सबै भन्दा बढि रकम नगरका कर्मचारीबाट र त्यसपछि सुर्योदय लघुवित्त संस्थाले दिएको जनाएको छ । उक्त रकम सबै कोरोना कोष खातामा जम्मा भएको र पार्द्शी तवरमा सदपयोग हुने नगर प्रमुख गोविन्द कुमार पुनले जानकारी दिनुभएको छ ।

त्यसैगरी बनगाड कुपिण्डे नगरका प्रमुख प्रशासकिय अधिकृत मोहन खड्काले कोरोना राहत कोषमा सहयोग गर्न विभिन्न निकाय, सहकारी संस्था, बैंक र वित्तीय संस्थाहरुलाई अपिल गर्नुभएको छ । शुक्रबार मात्रै सुर्योदय सल्लीशाखा प्रमुख रिता भण्डारीले नगरपालिकाका प्रमुख पुन र उप–प्रमुख मञ्जु यरिलाई कोरोना नियन्त्रण तथा सहयोग स्वरुप ५० हजारको चेक हस्तान्तरण गर्नुभएको छ । साथै नगरपालिकाले चेक बुझ्दै सामान स्वरुप कदर पत्र र धन्यवाद समेत दिएको बताएको छ ।

तपाईको प्रतिक्रिया