लकडाउन दुई हप्ता थप्ने सरकारको तयारी

काठमाडौँ, ४ जेठ ।
वैशाख २५ गते थप गरिएको लक डाउन सोमबार सकिने भए पनि सरकारले फेरि कम्तीमा दुई हप्ता लक डाउन लम्ब्याउने तयारी गरेको छ । दिनदिनै कोरोना भाइरसको संक्रमित बढिरहेको र शनिबार कोभिड–१९ कै कारण सिन्धुपाल्चोककी एक सुत्केरी महिलाको मृत्यु भएपछि सरकार लक डाउन लम्ब्याउने तयारीमा पुगेको हो ।

कोरोना रोकथाम तथा उपचारका लागि भएका प्रयासबारे छलफल गर्न दिउँसो २ः३० उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्च स्तरीय समन्वय समितिको बैठक बस्दैछ । बैठकले कम्तीमा दुई साता लक डाउन थप्न सरकारलाई सिफारिस गर्ने एक मन्त्री जानकारी दिए । समन्वयन समितिको सिफारिसका आधारमा बेलुका बालुवाटारमा बस्ने मन्त्रिपरिषद् बैठकले लक डाउनको अवधि थप गर्ने ती मन्त्रीले जानकारी दिए । चैत ११ गतेदेखि सुरु भएको लक डाउन दुई महिना पुग्न लाग्दा नेपालमा संक्रमितको संख्या दुई सय ९१ पुगेको छ ।

तपाईको प्रतिक्रिया