क्वारेन्टाइनका २० जनाको कोरोना परिक्षण

दुर्गा विसी
सुर्खेत, ४ बैशाख ।
सल्यान पश्चिमको बनगाड कुपिण्डे नगरपालिकाको क्वारेन्टाइन वसेकाको आरडिटि र पिसिआर चेकजाँच गरिएको छ । जिल्ला स्वास्थ्य कार्यलय सल्यानको प्रविधिक सहयोग र बनगाड कुपिण्डे नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा देश भित्रका वारा, धादिङ, रामेछापबाट आएका ११ जनाको आरडिटि चेकजाँच गर्दा रिपोर्ट नेगेटिभ आएको छ ।


भारतबाट आएका ७ जना र बाराबाट आएका २ जनाको पिसिआर परिक्षणको लागि स्वाब लगिएको स्वास्थ्य शाखा संयोजक वासुदेव पोख्रेलले जानकारी दिनुभएको छ । प्रभाकर माविमा रहेको क्वारेन्टाइनमा वसेका ११ जनाको आरडिटि चेक नेगेटिभ आएको छ भने भारतबाट आएका ७ र नेपालको कोरोना संक्रमित फैलिएको जिल्लाबाट भित्रीएका २ जनाको स्वाब लगिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार