सल्यानमा भारतबाट ६ हजार ८६ भित्रिँदै

दुर्गा विसी
सल्यान (सल्लीबजार), ३ जेठ ।
सल्यान पश्चिममा रहेको एक नगरपालिका भित्र भारतमा मजदुरी गर्न गएकाको संख्या ६ हजार ८६ रहेको छ । बनगाड कुपिण्डे वडा नं. ४, ५ र ६ का मात्रै शनिबार १ सय वढी नेपालगञ्ज नाकामा थन्किएको खबर छ । भारतबाट नेपाल आउँदै गरेका महेन्द्र वुढाका अनुसार रुपैडिया नाकामा अड्किएको बताउनुभयो ।


सहयोगको लागि सम्बन्धि निकायलाई गुहार मागेका छन् । त्यसैगरी बनगाड कुपिण्डे नगरपालिकाको शनिबार बसेको नगर कार्यपालिकाको बैठकद्वारा थप ३ क्वारेन्टाइन बनाउने जनाएको छ भने यस अघि प्रभाकर माविमा मात्रै एउटा क्वारेन्टाइन रहेको थियोे ।
बनगाड क्याम्पस बनगाड सल्यान, भेरी आधारभुत विद्यालय गरा, नवजोति मावि अँधेरीमा हाललाई तीन क्वारेन्टाइन थपिएको नगर प्रमुख तथा विपद् व्यवस्थापन समितिका अध्यक्ष गोविन्द कुमार पुनले जानकारी दिनुभएको छ । भारतबाट आएका नागरिकको कसरी व्यवस्थापन गर्ने भन्नेमा बैंठक केन्द्रित रहेको जनाइएको छ ।


उनीहरुको कसरी व्यवस्थापन गर्ने भन्ने कुरामा मुख्य चुनौती थपिएको एक कार्यपालिका सदस्यले बताउनुभयो । मजदुरीकै लागि भारत पुगेका लकडाउनका कारण उतै थुनिएका थिए । त्यहाँ समस्या भएपछि धमाधम आउने क्रम बढिरहेको छ । रोजगारिको शिलसिलामा भारत पुग्नेमा वडा नं. १ मा १०५०, वडा नं. २ मा ६६७, वडा नं. ३ मा ९६९, वडा नं. ४ मा ५७९, वडा नं. ५ मा ६३४, वडा नं. ६ मा ४९८, वडा नं. ७ मा ३५१, वडा नं. ८ मा ५४१, वडा नं. ९ मा ३४५, वडा नं. १० मा १३७, वडा नं. ११ मा १७५ र वडा नं. १२ मा १३० गरी जम्मा ६ हजार ८६ नागरिक भारतमा अड्किएको नगरमा तथ्यांक देखिन्छ ।


यिनी नागरिक नगरमा अव्यवस्थित तवरले भित्रिएपछि कोरोनाको भयावह अवस्था आउने अड्कल गरिएको छ । खुकुलो भएको लकडाउनलाई कडाइ समेत गरिने भएको छ । खाद्य पसल हप्तामा ३ दिन खोलिने र आइतवार, शुक्रबार, विहिवार विहान ६ बजेदेखि ९ त्यसैगरी बेलुकि ४ वजे देखि ६ बजे तोकिएको छ । अत्यावश्यक औषधी पसलहरु नियमित खुल्ने र तरकारी पसलहरु भने नियमित तथा खाद्य पसल खुल्ने समय अनुसार दैनिक सञ्चालन गर्ने निर्णय जनाएको छ ।

तपाईको प्रतिक्रिया