कोरोना संक्रमितको संख्या २७८ पुग्यो

काठमाण्डौ, ३ जेठ ।
शनिबार थप दुई जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । महोत्तरीका ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षीय युवकमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ । यसअघि बिहान ९ जनामा कोरोना भाइसको सक्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा संक्रमितको संख्या दुई सय ७८ पुगेको छ । कोरोना सक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य छ । अहिलेसम्म सक्रमितमध्ये ३६ जना उपचारपछि निको भएका छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार