जुलुस गर्दा प्रहरीले नियन्त्रणमा लिई छाड्यो
अमर सुनार
दैलेख, ३ जेठ ।
भारतले लिपुलेकमा सडक निर्माण गरेको प्रसंगमा सदरमुकाममा शुक्रवार साँझ राँके जुलुस गरेको आरोपमा नेपाल विद्यार्थी संघका १६ जना जिल्ला नेताहरुलाई प्रहरीले नियन्त्रणमा लिएर छोडेको छ । लकडाउन उलंघन गरेको कारण उनीहरुलाई नियन्त्रणमा लिई छाडिएका दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले जानकारी दिए ।
लकडाउन उलंघनको आरोपमा नियन्त्रणमा लिइएका नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य लोकेश आचार्य, जिल्ला सभापति मौसम थापा लगायतका १६ जना नियन्त्रणमा रहेकामा नेपाली काँग्रेसका पार्टी सचिव भूपेन्द्र शाहीको जिम्मा छाडिएको नारायण क्याम्पसका पूर्व स्ववियू सभापति बिनोद श्रेष्ठले बताए ।
यसैगरी लिपुलेकमा भारतले सडक निर्माणको बिरोधमा जुलुस निकाल्दा निकालिएको गर्दा लकडाउनको उलंघन गरेको भन्दै नेपाल मजदूर किसान पार्टी ७ जना नेतालाई शुक्रवार दुल्लू प्रहरीले नियन्त्रणमा लिएर छोडेको छ । प्रदर्शन गर्न गएका उनीहरुलाई दुल्लू बजारबाट नियन्त्रण लिइएको थियो ।
पार्टीका जिल्ला सचिव लक्ष्मीकुमार बिक, नेपाल मजदूर किसान पार्टी दुल्लू नगर कमिटीका अध्यक्ष मदन भण्डारी, नगर सदस्यहरु पदमबहादुर बुढा र जयबहादुर थापा, पार्टीका भैरबी गाउँ कमिटी अध्यक्ष तिलक आचार्य, सदस्य भानुभक्त आचार्य र नेक्राविसंघका भैरबी सदस्य बिनय आचार्यलाई नियन्त्रण्मा लिइएको थियो । लकडाउन उलंघन आरोपमा प्रहरीले नियन्त्रण लिए पनि सद्भावकै व्यवहार गरेको नेपाल मजदूर किसान पार्टी दैलेखका जिल्ला सचिव लक्ष्मीकुमार बिकले बताए ।
