कर्णाली नदीमा तीन जना बेपत्ता

सुर्खेत, ३ जेठ ।
कर्णाली नदीमा डुङ्गा पल्टिदा तीन जना बेपत्ता भएका छन् । शुक्रबार साँझ साढे ६ बजे सुर्खेतको चौकुने गाउँपालिका–२ को धमुबाट कैलालीको मोहोन्याल गाउँपालिका–२ कोलतडी जाने क्रममा डुङ्गा पल्टिएको हो । बेपत्ता हुनेमा चौकुने गाउँपालिका–२ धमु डम्मर विकका १० वर्षिय छोरा हिरु विक, मोहन्याल गाउँपालिका– २ कोलतडीकी २५ वर्षिय मानकु विक र उनका ४ वर्षिय छोरा धन बहादुर विक रहेको अस्थाई प्रहरी पोष्ट लगामका असई सुविन शाहले जानकारी दिए ।


असई शाहका अनुसार लकडाउनका कारण सुर्खेततिरबाटका पुल, डुङ्गाहरु सबै बन्द भएपछि कैलालीबाटै डुङ्गा मगाएका थिए । डुङ्गा चालक भने पौडी खेलेर सकुसल रहेका छन् ।अस्थाई प्रहरी पोष्ट लगामका असई शाहको कमाण्डमा तीन जना प्रहरी र स्थानीयको उपस्थितिमा खोजी कार्य भैरहेको छ । ‘चौकुने–२ धमुमा माइत आएको बेला पारी कैलालीबाट डुङ्गा ल्याई लुकीछिपी जाँदा साँझ साढे ६ बजे घटना घटेको जानकारी आयो,’ असई शाहले भने, यताका डुङ्गा पुरै सिल गरेपनि उताबाट ल्याएर तर्ने बेला डुङ्गा पल्टिएको भन्ने जानकारी आएको थियो हामीले खोजी कार्य जारी राखेका छौं ।’ चौकुनेका तिरका डुङ्गाहरु सबै बन्द भएपनि मोहन्याल गाउँपालिका तिरका डुङ्गाहरु चलेपछि यस्तो घटना घटेको स्थानीय लक्षी शाहीको भनाई छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार