नेमकिपा नेता प्रहरी नियन्त्रणमा

दैलेख, २ जेठ ।
लिपुलेकमा भारतले सडक निर्माणको बिरोधमा जुलुस निकाल्दा निकालिएको गर्दा लकडाउनको उलंघन गरेको भन्दै नेपाल मजदूर किसान पार्टी ७ जना नेतालाई दुल्लू प्रहरीले नियन्त्रणमा लिएर छोडेको छ । प्रदर्शन गर्न गएका उनीहरुलाई दुल्लू बजारबाट नियन्त्रण लिइएको थियो ।

पार्टीका जिल्ला सचिव लक्ष्मीकुमार बिक, नेपाल मजदूर किसान पार्टी दुल्लू नगर कमिटीका अध्यक्ष मदन भण्डारी, नगर सदस्यहरु पदमबहादुर बुढा र जयबहादुर थापा, पार्टीका भैरबी गाउँ कमिटी अध्यक्ष तिलक आचार्य, सदस्य भानुभक्त आचार्य र नेक्राविसंघका भैरबी सदस्य बिनय आचार्यलाई नियन्त्रण्मा लिइएको थियो । लकडाउन उलंघन आरोपमा प्रहरीले नियन्त्रण लिए पनि सद्भावकै व्यवहार गरेको नेपाल मजदूर किसान पार्टी दैलेखका जिल्ला सचिव लक्ष्मीकुमार बिकले बताउनुभयो ।

तपाईको प्रतिक्रिया