बाँकेमा ३३ जना पुग्याे कोरोना संक्रमित

बाँके, २ जेष्ठ ।
बाँकेमा कोरोना संक्रमितको संख्या ३३ पुगेको छ । शुक्रबार बिहान नरैनापुर गाउँपालिकाका आठजनामा कोरोना संक्रमण पुष्टि भएपछि बाँकेमा संक्रमितको संख्या ३३ पुगेको हो । नेपालगन्जस्थित भेरी अस्पतालमा पिसिआर प्रविधिबाट गरिएको परीक्षणमा नरैनापुर गाउँपालिका वडा नम्बर १, ३ र ५ का आठजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार नरैनापुरका केरोना संक्रमित १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षका छन् । भारतबाट आएका उनीहरुलाई क्वारेन्टाइनमा राखिएको छ । भारतबाट आएका ४४१ जनालाई नरैनापुरका विभिन्न विद्यालयमा स्थापना गरिएका क्वारेन्टाइनमा राखिएको छ। पछिल्लो समय भारतका विभिन्न ठाउँमा बसेका सर्वसाधारण नरैनापुरमा आउने क्रम बढ्दो छ । यसले कोरोनाको जोखिम बढाएको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताए ।

तपाईको प्रतिक्रिया