स्वास्थ्य राज्यमन्त्री रावतको पहलमा थप सामग्री

सुर्खेत, २ जेष्ठ ।
कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचारका लागि कर्णाली प्रदेश र सुर्खेतका लागि थप सामाग्री आएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतको पहलमा कर्णाली प्रदेश र सुर्खेतका लागि थप स्वास्थ्य सामाग्री आइपुगेको हो । स्वास्थ्य सेवा विभाग काठमाडौंबाट ल्याइएको स्वास्थ्य सामग्रीहरु सुर्खेत जिल्लाका विभिन्न स्वास्थ्य संस्था, अस्पताल, प्रदेश आयुर्वेद औषधालयसँगै जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई वितरण गरिएको छ ।

शुक्रबार राज्यमन्त्रीका स्वकिय तपेन्द्र विसीले स्वास्थ्य निर्देशनालयका कोभिड कार्यक्रम फोकल पर्सन श्यामलाल आचार्य र स्टोर प्रमुख गणेश शर्मा र जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतनिधी वाग्लेलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतको पहलमा ल्याईएका ती स्वास्थ्य सामाग्रीलाई उनका स्वकीय सचिव तपेन्द्र विसीमार्फत शुक्रबार वीरेन्द्रनगरमा जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेलाई हस्तान्तरण गरिएको हो ।

सुर्खेत प्रतिनिधि सभा निर्वाचन न २ मा पर्ने २० वटा स्वास्थ्य चाैकिहरुमा वितरण समेत गरिएकाे छ ।  पीपीई गाउन १५०, सर्जिकल क्याप १५०, सुकभर १५०, एन ९५ मास्क २५०, ग्लोब्स (पञ्जा) २५००, फेस शिल्ड २५, चस्मा ७३, सर्जिकल मास्क ५ हजार, सेनिटाईजर १०० एवं आईआर थर्माेमिटर १५ वटा राज्यमन्त्रीका स्वकीय सचिव विसीमार्फत बुझेर शुक्रबार केही स्वास्थ्य संस्थाहरुलाई वितरण गरिएको कार्यालय प्रमुख वाग्लेले जानकारी दिए ।

विभागको परिपत्र अनुसार जिल्ला स्वास्थ्य सेवा कार्यालय, साल्कोट प्राथामिक स्वास्थ्य केन्द्र, कटकुवाँ स्वास्थ्य चौकी, उत्तरगंगा स्वास्थ्य चौकी, गढी, लाटिकोइली, जर्वुटा, हरिहरपुर, लेखगाउँ, तरंगा, कुनाथरी, पोखरीकाँडा, बाबियाचौर, छाप्रे, विद्यापुर, तातापानी, गुटु, घाटगाउँ, विजौरा, बेतान र लगाम, प्रदेश आयुर्वेद औषधालयसँगै जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई स्वास्थ्य सामाग्री वितरण गर्ने कार्य भईरहेको जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत अमर रानाले बताए ।

उनले राज्यमन्त्रीको पहलबाट उपलब्ध स्वास्थ्य सामाग्रीले कोरोना रोकथाम, नियन्त्रण तथा व्यवस्थापनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । उता प्रदेश आयुर्वेद औषधालय व्यवस्थापन समितिका अध्यक्ष विनोद ढकालले सुर्खेतमा कोरोना रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि स्वास्थ्य राज्यमन्त्री रावतले उल्लेखनीय सहयोग पु¥याउँदै आईरहेको जनाए ।

तपाईको प्रतिक्रिया