कर्णालीमा कति छ बाँझो जग्गा ?

सुर्खेत, २ जेष्ठ ।
कर्णालीमा हाल कुल खेतीयोग्य जमिन मध्ये ८२ हजार हेक्टर जमिन बाँझै रहेको छ । कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्क अनुसार ८२ हजार चारसय ५९ हेक्टर क्षेत्रफल खेतीयोग्ग जग्गा हाल बाँझै छ । मन्त्रालयका प्रवत्ता हरिप्रसाद पण्डितले दिएको जानकारी अनुसार कर्णालीको कुल क्षेत्रफलको झण्डै तीन लाख हेक्टर क्षेत्रफल खेतीयोग्य छ ।

तथ्याङ्क अनुसार कर्णालीमा दुई लाख ९९ हजार तीनसय ३९ हेक्टर क्षेत्रफल खेतीका लागि योग्य छ । तर हाल दुई लाख १६ हजार आठसय ८० हेक्टर जमिनमा मात्रै खेती हुने गरेको छ । जसमध्ये पनि ३८ हजार ३३ हेक्टर जमिनमा मात्रै बाह्रै महिना सिचाइँ सुविधा पुगेको छ ।  बाँकी जमिनमा सिचाइँ नहुनु र उत्पादन नभएको भन्दै स्थानीयले बाँझै छाडेका छन् । । यसले गर्दा पनि कर्णाली प्रदेश खाद्यान्नमा आत्मनिर्भर छैन ।

तपाईको प्रतिक्रिया