उपचारमा आएका पलाँता अध्यक्ष बम सुर्खेतमा राहत बाँड्दै

तुलराज पाण्डे
सुर्खेत, २ जेष्ठ ।
आफ्नै वडा अध्यक्षबाट कुटिएका गाउँपालिका अध्यक्ष उपचारका लागि हेलिकोप्टरमा सुर्खेत आएका छन् । कालीकोट पलाता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर बम उपचारका लागि सुर्खेत आउँदा यहाँ समस्यामा परेका आफ्नो गाउँपालिकाको नागरिकलाई भने सहयोग गरिरहेका छन् ।

कालिकोट पलाता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बम अहिले सुर्खेतमा राहात बाड्न थालेका छन् । लकडाउनका कारणले सुर्खेतमा समस्यामा परेका पलाँता गाउँपालिकाका विद्यार्थी र अन्य समूदायलाई उनिहरुको कोठामै पुगेर अध्यक्ष बमले व्याक्तिगत तर्फबाट खाद्यान्न सहयोग गरेका हुन् ।

लकडाउनका कारणले पढ्नको लागि सुर्खेत आएका विद्यार्थीहरु समस्यामा परेको मैले सुने त्यो सुन्ने वित्तिकै मैले आफ्नो व्याक्तिगत तर्फ बाट उनिहरुलाई राहत स्वरुप एक बोरा चालम र दुई पोका तेल दिएको हु, अध्यक्ष बमले भने,’ विद्यार्थीहरु बाहेक अरु पनि समस्या पर्नु भएको रहेछ राहत दिदै गर्दा मैले थाहा पाए उहाँहरुलाई पनि सहयोग गरेको छु ।’

‘लकडाउनका कारणले मलाई समस्या परेको थियो आज अध्यक्षले कोठामै आएर चामल र तेल दिदा मलाई धेरै खुसि लाग्यो पलाँता गाउँपालिका ५ जाँफेका शिवराज धामि ले भने,’ हामिलाई समस्या परेको बेला सहयोग गरेकोमा अध्यक्ष बमलाई धन्यवाद छ उनले भने।सोहि गाउँ पालिका वडा नं. ५ दुधजिरा धामिले अध्यक्षले आएर कोठामै सहयोग गर्दा आफुलाई धेरै राहत भएको उनले बताईन् ।

आफुले आफ्ना नागरिकको समस्या बुझ्नु आफ्नो धर्म भएको अध्यक्ष बमले बताए सुर्खेतमा जति जति समस्यामा परेका छन् उनिहरुको कोठामै पुगेर म सुर्खेतमा हुने बेलासम्म सहयोग गर्ने छु । समस्या परेमा आफुलाई सम्पर्क गर्नको लागि अध्यक्ष बमले पलाँताका नागरिकलाई अनुरोध गरेका छन् । विहिवार मात्रै अध्यक्ष बमले १८ जनालाई सहयोग गरेको बताए आज शुक्रबारपनि समस्यामा परेकाहरुलाई निरन्तर सहयोग गर्ने अध्यक्ष बमले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
error: Content is protected !!