लकडाउन अवधिको शुल्क लिने विद्यालय कारवाहीमा

सुर्खेत, २ जेठ ।
लकडाउनका कारण करिव दुई महिनादेखि विद्यालयहरु वन्द छन् । विद्यालय वन्द भए पनि नीजि विद्यालयका संचालनकहरुले शुल्क लिने तयारी गरिरहेका छन् । अभिभावकले भने वन्द भएको अवधिको शुल्क तिर्न नसकिने बताउँदै आएका छन् । तर पनि लकडाउन अवधिको शुल्कबारे विवाद कायमै छ ।

प्रदेश सरकारले भने लकडाउनका क्रममा विद्यालयहरु पूर्ण रुपमा बन्द रहेकाले यो अवधिमा शुल्क लिनेलाई कारबाही गरिने चेतावनी दिएको छ । साथै मन्त्रालयले कुनै पनि वहानामा लकडाउन अवधिको शुल्क नलिन निजी विद्यालयहरुलाई भनेको छ । सामाजिक विकास मन्त्रालयका प्रवक्ता विष्णु अधिकारले लकडाउन अवधिको अनावश्यक शुल्क नलिन बोर्डिङ स्कुलहरुलाई आग्रह गरेका छन् ।


भर्ना अभियान सञ्चालन गर्ने बहानामा शुल्क लिइएमा कानूनी कारवाही गर्ने चेतावनी अधिकारीले दिए । ‘यो विचमा शुल्क लिनु अवैधानिक हो, त्यस्तो कार्य गर्नेलाई छाड्दैनौं’ अधिकारीले भने, ‘केन्द्र र प्रदेशको मन्त्रालयले यस विषयमा सबैलाई जानकारी गराइ सकेको छ, अटेरी गरेर कुनै वहानामा शुल्क लिए मन्त्रालयले कारवाही गर्छ ।’ यो अवधिको शुल्क नर्तिन पनि मन्त्रालयले अभिभावकलाई आग्रह गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार