तुलराज पाण्डे
कालिकोट, १ जेष्ठ ।
कालिकोट सदरमुकाम मान्ममा नेपाल विद्यार्थी संघ कालीकोटले ज्ञापन पत्र पेश गरेको छ । जिल्ला प्रशासन कार्यालय कालिकोटमा नेपालको सिमाना कालापानी, लिपुलेकका विरूद्ध नेपाली कांग्रेस कालिकोटका पार्टी सह–सचिव दमन बहादुर शाहीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् ।
विद्यार्थी नेताहरूले विरोध प्रदर्शन गरेका छन् । ‘नेपाली भूमि नगुमाऔँ, हाम्रो देश हामी बचाऔँ’ भन्दै सीमा रक्षाको माग गर्दै कालिकोटमा ने.वि.संघ कालिकोटले ज्ञापन पत्र बुझाएको छ । ने.वि.संघ केंद्रीय सदस्य शुशिला गिरी, कालिकोटका सभापति जगत बिष्ट, सचिव सबिन कुमार बिष्ट, नेपाली कांग्रेसका युवा नेता हरिश बोकटीको टोलीले ज्ञापन पत्र बुझाएको ने.वि.संघ का सचिव सविन कुमार बिष्टले बताए ।
नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामाथि हस्तक्षेप गर्ने भारतीय विस्तारवादविरुद्ध चेतलशील नागरिकको रचनात्मक तरिका बाट ज्ञापन पत्र बुझाएको सह–सचिव दमन बहादुर शाहीले बताए । विरोध गरेका हुन् । स्वाधिनताको पक्षमा निरन्तर आवाज उठाइरहने ने.वि.संघ फेरि पनि नेपाली भुमिमाथिको भारतको दादागिरीका विरुद्धमा ज्यान फालेर लड्न तयार रहेको काबा सभापति जगत बिष्टले बताए ।
युग संवाददाता । । १ जेष्ठ २०७७, बिहीबार १७:०८