कालीकोटमा बाँझो जमिन उपभोगमा आउँदै

तुलराज पाण्डे
कालिकोट, १ जेष्ठ ।
कालिकोट खाँडाचक्र नगरपालिकामा बाँझो जमिन उपभोग गरिने भएको छ । खाँडाचक्र वडा नं. ३ ताडि मा जमिन बाँझो नराखै सक्नेलाई खेती गर्न दिऔँ भन्ने खाद्य उत्पादन बिशेष अभियान सुरु भएको छ । कोरोना संक्रमणका कारण उत्पन्न खाद्य सुरक्षाको जोखिम कम गर्न कर्णाली प्रदेश सरकारले बाँझो जमिनमा खेती कार्यक्रम सुरु गरेको छ । प्रदेश सरकारले बिहीबारदेखि १० वटै जिल्लामा बाँझो जमिन जोतेर खेती गर्ने कार्यक्रम सुरु गर्न लागेको हो । हरेक महिनाको १ र १५ गतेलाई श्रम दिनका रुपमा मनाउँदै आएको कर्णाली प्रदेश सरकारले यसलाई अबदेखि कृषिमा केन्द्रित गर्ने भएको छ ।

क्षेत्रफलको हिसाबमा ठूलो भूगोल र कम जनसंख्या भएको कर्णाली प्रदेश खाद्यान्नमा आत्मनिर्भर छैन । विश्वमहामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण भइरहेको बन्दाबन्दी (लकडाउन) ले गर्दा काम गर्ने जनशक्ति भारतमै रोकिएकाले यो वर्ष खाद्य असुरक्षा अझ बढ्ने सम्भावना छ ।

‘खाद्य असुरक्षा कम गर्न उत्पादन बढाउन आवश्यक छ।खाडाचक्र नगरपालिका नगर–प्रमुख जसि प्रसाद पाण्डेले बताए । त्यसैले बाँझो रहेका र रहन सक्ने जमिन जोतेर खेती गर्न सुरु गरेका हौं ।’ नगर प्रमुख जसि प्रसाद पाण्डेले व्यक्ति वा सरकारी र संस्थानको स्वामित्वका बाँझा जमिन खोज्ने काम पनि सँगसँगै सुरु गरिएको बताए ।

खाडाचक्र नगरपालिका भित्रका सबै वडा मा रहेको बाँझो जमिन लाई प्रयोगमा ल्याउन सबै वडाअध्यक्षहरू लाई निर्देशन दिएको नगर प्रमुख जसि प्रसाद पाण्डे ले बताए । कृषि विकास कार्यालय कालीकोटका कार्यालय प्रमुख भरत बहादुर बस्नेतले स्थानीय तहमार्फत बाँझो जमिनको तथ्यांक संकलनको काम भइराखेको बताए ।

हामी आफैं पनि सरकारी बाँझो जमिनको तथ्यांक संकलन गरिरहेका छौं। सबै स्थानीय तहहरुलाई पनि तथ्यांक उपलब्ध गराउन पत्राचार गरेका छौं,’ उनले भने, ‘मन्त्रालयको निर्देशनअनुसार यहाँका कुनै पनि जमिन हामी बाँझो रहन दिँदैनौं ।’ बस्नेतले बाँझो जमिनमा ठाउँ अनुसार अन्नबाली लगाइने बताए ।

सहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्र बाँझो जमिन धेरै छ,’ उनले भने, ‘ठाउँअनुसार अन्नबाली लगाउने तयारी गरेका छौं ।’ कालिकोट जिल्लामा यो समय मकै, सिमि, भट्ट, धान, कोदो, फापर, चिनो र कागुनो लगाउने गरिन्छ । कालिकोट १८०८७.८० हेक्टर (१०.१६५) हेक्टर बाँझो जमिन रहेको खाँडाचक्र नगरपालिका का कृषि शाखा प्रमुख पशुराम काफ्लेले बताए ।

तपाईको प्रतिक्रिया