कोरोना संक्रमितको संख्या २५० पुग्यो
काठमाडौं, १ जेठ ।
नेपालमा थप दुई जनामा कोरोना (कोभिड(१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या २ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो पटक कपिलवस्तु निवासी ६ वर्षीया बालिका र काठमाडौंको चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । सल्लाहि घन्काै का ४५ बर्षिय पुरुष, धनुषा जनकपुर न पा का ४० बर्षिय पुरुष, मिथिला निवासी २० बर्षिय महिला, महाेत्तरीकै १६ र ३५ बर्षिय पुरुषमा समेत काेराेना देखिएकाे छ।
मंगलबार पनि चन्द्रागिरि नगरपालिकाकै मच्छेगाउँमा ३३ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । बिहीबार पनि चन्द्रागिरिकै व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि राजधानी काठमाडौंमा कोरोना पुष्टि भएका व्यक्तिहरुको संख्या ६ पुगेको छ । बुधबार एकैदिन रुपन्देहीका १२, कपिलवस्तुका ८, पर्साका ३ र नवलपरासीका १ जना गरी २४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
