क्वारेन्टाइनलाई त्रिपाई नकिनौं, भातको साटो नगद बाँडौं

माननिय मुख्यमन्त्रीज्यू,
लगायत सम्पूर्ण कर्णाली प्रदेश सरकारका मन्त्रीज्यूहरु,
प्रतिपक्षी दलका नेता आदरणीय दाजु जीवन बहादुर शाहीज्यू,
प्रमुख सचिवज्यू र सचिवज्यूहरु

कर्णाली प्रदेशका तपाई जिम्मेवार व्यक्तिहरुमा मैले सानो सुझाबको लागि आज केहि कुरा लेख्न गैरहेको छु । यदि यो सुझाव सही लागेमा मनन गरी निर्णय गर्नुहुनेछ भन्ने विश्वास लिएको छु । कोराना भाईरस (कोभिड–१९) को सन्त्रास बढे पछि आजसम्म हामी कहाँ चुक्यौ ? प्रदेश सरकार कोषबाट कति रकम खर्च ग¥यौ ? काम राम्रो ग¥यौ कि गरेनौ ? त्यो थाती राखौं ।

विश्वलाई नै त्रसित बनाई रहेको कोराना र कर्णाली प्रदेशको बारेमा हामी हतारिएर जुन–जुन शीर्षकमा सरकारी राज्यको स्रोत, साधान खर्च गर्न गैरहेका छौं त्यो शीर्षक सकिन्छ भने सुधार गरौं । जुन क्वारेन्टाइनको लागि करोडौंका पालहरु खरिद प्रक्रिया गर्न लागिरहेका छौं भने उक्त कार्य रोकांै किन भन्दा लकडाउन अबधिमा हाम्रा कुनै स्कुल पनि चल्ने छैनन भने ती स्कुलहरुलाइ क्वारेन्टाइन बनाउँ, बरु क्वारेन्टाइन पाल किन्ने खर्च बापतको आधा रकम अनुदान उक्त स्कुललाई दिने ब्यबस्था भएमा हाम्रा सरकारी स्कुल, जुन पानी पर्दा जस्ता पाताबाट चुहिएको पानीबाट कक्षा कोठामा नै छाता ओढेर पढ्ने स्कुले बाबुनाईलाई कति राहत होला ?

अर्को कुरा जुन–जुन क्वारेन्टाइनमा बस्ने जनता हुन उनीहरुलाई किनेर खाना, खाजा दिनु भन्दा दैनिक खाना खर्च बापत सरकारी मापदण्ड अनुसारकै रु.५००(पाच सय) रकम सोझै क्वारेन्टाइनमा बस्ने व्यक्तिहरुलाई नगदै भुक्तानी गरौं । क्वारेन्टाइनमा बस्ने व्यक्तिहरुको समुह बनाई खाना पकाउने ब्यबस्थापन गराई उनीहरुले नै आफै खाना, खाजा पकाएर खाने गरी नगद पैसा उनीहरुलाई दियौं भने बिचरा ती मजदुरहरुले खाना खायर बचेको रकम आफ्ना बाल बच्चालाई लिएर खुवाउने छन् एक चोटी एक मिनेट मात्रै समय मिलाएर सम्झिने कोसिस गरौं त हामी सबै ले १५ दिन लगाएर प्रदेशबाट खाली हात फर्केको मजदुरसङ्ग आफ्ना लालाबालालाई दुइ रुपैयाँ को चक्लेट लिएर जान नपाएको पिडा कस्तो होला ? अनि त्यही १४ दिन क्वारेन्टाइनमा बस्दा खाना खाएर बचेको थोरै पैसाले कति राहत महसुस गर्लान । एउटा नागरिकको तर्फबाट जिम्मेवार तपाईहरुमाझ यो पत्र मार्फत सुझाव दिएको छ । धन्यवाद ।
उही समाजसेवी : बखत शाही (बखत राजा)/वीरेन्द्रनगर, सुर्खेत

तपाईको प्रतिक्रिया