सुर्खेतमा हिडडुल गर्न रोक

सुर्खेत,३१ बैशाख ।
सुर्खेतमा बुधबारदेखि हिडडुल गर्न रोक लगाइएको छ । कोरोनाको संक्रमण बढेको भन्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतले अत्यावश्यक काम बाहेक अन्य समयमा हिडडुलमा रोक लगाएको छ । प्रशासनले सूचना जारी गर्दै अत्यावश्यक काम बाहेक अन्य समय घर बाहिर ननिस्कन आग्रह गरेको छ ।


‘अति आवश्यक काम बाहेक हिडडुल गर्न रोक लगाइएको छ ।’ जिल्ला प्रशासन कार्यालय सुर्खेतका सूचना अधिकारी पदमलाल लामिछानेद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ । साथै जेठ १ गतेदेखि लागु हुने गरी जिल्ला प्रशासन कार्यालय सुर्खेतबाट अन्य जिल्ला प्रवेशका लागि जारी गरिएका सबै सवारी पास समेत खारेज गरिएको प्रशासन कार्यालय सुर्खेतले जनाएको छ । यद्यपी सुर्खेतमा भने सर्व साधारणहरु बिहानैदेखि निर्वाध रुपमा हिडडुल गरिरहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार