सुर्खेत, ३१ बैशाख ।
वीरेन्द्रनगर नगरपालिकामा एक सय ५० जनाको कोरोना परीक्षण गरिने भएको छ । लकडाउनको अवधिभर नागरिकको उद्दार र राहत वितरणमा खटिएका २४ जना जनप्रतिनिधि, फिल्डमा खटिएका १५ जना सञ्चारकर्मी, राहत वितरण तथा पूर्वसावधानी गृहको व्यवस्थापनमा खटिएका ३० जना कर्मचारी १६ वटै वडाका एक/एकजना कर्मचारी नगरपालिकाका १५ जना स्वास्थ्यकर्मी र भारत तथा तेस्रो मुलुकबाट घर फर्किएका ५० जना नागरिकको पीसीआर प्रविधिबाट नमूना परीक्षण गरिने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका कार्यकारी अधिकृत टिकाराम ढकालका अनुसार नमूना परीक्षणका लागि आज (बिहीबार) नगर परिषरमा उनीहरुको स्वास संकलन गरिने छ । कार्यपालिका बैठक बस्नु अघि अर्थात विहान ७ बजे पूर्व नै कार्यपालिका सदस्यहरुको स्वाव संकलनका गरिने छ । त्यस्तै पत्रकारका महासंघको सिफारिसमा ७ः३० देखि ८ः३० बजेसम्म स्वाव संकलन गरिने छ ।
सावधानी गृहमा खटिने कर्मचारीका लागि ८ः३०, वडा कार्यपालिकाका कर्मचारीको १०ः३०, नगरका स्वास्थ्यकर्मीको लागि दिउँसो २ बजे र भारत तथा तेस्रो मुलुकबाट आएका नागरिकको हकमा भने आवश्यकता अनुसार स्वाव परीक्षण गरिने नगरपालिकाले जनाएको छ । नगरपालिकाले आफ्नै खर्च तथा पहलमा नमूना परीक्षणको व्यवस्था मिलाएको हो ।
युग संवाददाता । । ३१ बैशाख २०७७, बुधबार १२:००