जुम्लामा एकै दिन ८४९ जनाको नमूना परीक्षण

सुर्खेत, ३१ बैशाख ।
जुम्लामा पहिलो पटक पुल टेष्ट विधि (५जनाको स्वावलाई एकै ठाउँमा मिसाएर) कोरोना भाइसरको नमूना परीक्षण गरिएको छ । पुल टेष्ट पीसीआर मेसिनबाट एकै दिनमा आठसय ४९ जनामा परीक्षण गरिएको हो । परीक्षण गरिएका सबैको नतिजा नेगेटिभ आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) का निर्देशक डाक्टर मंगल रावलले जानकारी दिए ।

‘पीसीआर मेसिनले एक पटकमा ९४ जनाको परीक्षण गर्न सक्छ तर हामीले पुल टेष्ट विधि अपनायौंँ ।’ डाक्टर रावलले भने, ‘मंगलबार विहान ८ बजे सुरु गरेको परीक्षण बुधबार विहान ३ बजे सकेका हौँ ।’ योसँगै जुम्लामा भारत र तेस्रो मुलुकबाट गाउँ फर्किएका प्रायः सबै नागरिकको नमूना परीक्षण सकिएको अनुमान गरिएको छ । यसअघि जुम्लाबाट तीसय ४२ जनाको पीसीआर गरिसकिएको छ । कोरोनाको त्रासपछि भारत र तेस्रो मुलुक गरी ६ सय ९७ जना नागरिक गाउँ फर्किएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।


गएको सोमबार प्रतिष्ठान र जिल्ला जनस्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मीहरुले सबै स्थाननिय तहबाट आठसय ४९ जनाको स्वाव संकलन गरेको थियो । जुम्लामा ८ वटा मात्रै स्थानीय तह छन् । भारत र विदेशबाट आएका सबै नागरिकको नमूना परीक्षण गरिएपछि जुम्ला कोरोना संक्रमणमुक्त रहेको अनुमान गरिएको प्रतिष्ठानको भनाइ छ । जिल्लामा कोरोना संक्रमण भित्र्न नदिन नेपालमा लकडाउन नहुँदै जुम्लामा लकडाउन सुरु भएको थियो । जुम्लामा हालसम्म कर्णालीका अन्य जिल्लाभन्दा बढी नमूना परीक्षण भएको छ । यदि जिल्लाका नाकाहरु कडा निगरानी गर्न सकिएको खण्डमा जुम्लामा लकडाउन खोल्न सकिने अनुमान गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार