एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने

काठमाडौं, ३० बैशाख ।
गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्ध गरेको छ । कोरोना (कोभिड–१९) भाइरस संक्रमितको संख्या बढ्न थालेपछि गृहले मंगलबार यस्तो निर्णय गरेको हो । गृह मन्त्रालय स्रोतका अनुसार जेठ १ गतेबाट लागू हुनेगरी यस्तो निर्णय गरिएको हो । सञ्चारकर्मीको हकमा भने सूचना विभागको परिचयपत्रका आधारमा आवतजावत गर्न दिइने गृह मन्त्रालयले जनाएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार