प्रदेश सरकारको ‘केटाकेटीपन’ अन्त्य गर्न काँग्रेसको आग्रह

सुर्खेत, २९ बैशाख ।
नेपाली काँग्रेस कर्णाली प्रदेश संसदीय दलले कर्णाली सरकारलाई केटाकेटिपनबाटमाथी उठन आग्रह गरेको छ । सोमबार संसदीय दलका नेता जीवनबहादुर शाहीले एक विज्ञप्ती जारी गर्दै प्रदेश सरकारले कोरोना नियन्त्रणमा मनोमानी तथा लापरवाही गरिरहेको आरोप लगाउँदै त्यस्तो आग्रह गर्नुभएको हो ।

विज्ञप्तिमा ‘भौगोलिक दुर्गमताकता अत्याधिक रहेको कर्णाली प्रदेशमा ७९ स्थानीय तह भएकोमा प्रदेश सरकारले कोरोना प्रतिकार्य, रोकथाम, तथा नियन्त्रणका लागि जम्मा २७ स्थानमा मात्र विशेषज्ञ डाक्टरको नेतृत्वमा स्वास्थ्यकर्मीहरु खटाउने निर्णय गरेर समान प्रकृतिको विपत्तलाई सामान गरी रहेका बासिन्दाहरुप्रति दोहोरो चरित्र देखाएकोछ ।’


सरकारबाट यस्तो विषम परस्थितिमा सबै नागरिकहरुको अभिभाकत्व ग्रहण हुनु पर्नेमा राजनितिक पुर्वाग्रहका आधारमा गरिएको विभेदपूर्ण निर्णयले प्रदेशवासीमा लज्जाबोध गराएको विज्ञप्तिमा उल्लेख छ । ‘आवश्यक प्रतिकार्य योजना तयार गरी कोरोनालाई परास्त गर्ने तपÞर्m सरकारको ध्यान जानु पर्नेमा सरकारी ढुकुटीको चरम दुरुपयोग गरी महाविपतलाई राजनितिक रंग दिने र धार्मिक जात्रामा झै अविरजात्रा प्रदर्शन गर्न रमाउने सरकारी रवैयाप्रति नेपाली काँग्रेस प्रदेश सभा ससदीय दल खेद व्यक्त गर्दछ र सरकारवाट प्रदर्शन हुँदै आएका यस्ता केटाकेटीपनलाई बेलैमा सुधार गर्न सरकारको ध्यानाकर्षण गराउदछ’ विज्ञप्तीमा भनिएको छ ।

‘कोरोनाका कारण देश लकडाउनमाछ अनि प्रदेश सरकार प्रदेश भित्रका सबै नाका एवं क्षेत्र सिल गर्ने निर्णय आपÞmै गर्छ तर, बन्दाबन्दीको समयमा सरकारबाट नै विशेषज्ञ स्वास्थ्यकर्मी पठाउने तथा अनुगमनका नाउमा नीजि हेलिकप्टर चार्टर गरी मोटर चल्ने ठाँउमा पनि पुग्छ, के यो बाढी पहिरो परेको हो ? यस्तो महामारीमा अनुगमन गर्नु नै पर्ने भएमा पनि विशेषज्ञहरुबाट गर्नुपर्ने हैन र ? के कर्णाली प्रदेश सरकारका पदाधिकारीहरु कोरोना विशेषज्ञ हुनुहुन्छ ? प्रायजसो समयमा नेपाली सेनाको हेलिकप्टर प्रयोग गर्ने प्रदेश सरकारले यस पटक सेनाको हेलिकोप्टर सुर्खेतमा हुँदा हुँदै नीजि हवाई कम्पनीसग सम्झौता गर्नुपर्ने कारण के ? जबकि सरकारी काममा सेनाको हेलिकप्टरले नीजि कम्पनी भन्दा सस्तो दरमा चार्टर पÞm्लाइट गर्छ । गरिव प्रदेशको पगरी बेरिरहने प्रदेश सरकारले स्रोतको चरम दुरुपयोग गर्यो कि नभन्ने ? सस्तोमा सेनाको हेलिकप्टर हुँदा हुँदै नीजि कम्पनीसग सम्झौता गर्नु भनेको नीजि स्वार्थ लुकेको मान्नु पर्ने कि नपर्ने ? विज्ञप्ति मार्फन दर्जनौं प्रश्न उठाइएको छ । सरकार अदृष्य शक्तिबाट परिचालित हुनुका साथै महामारीको विवशतालाई आपÞm्नो आर्थिक व्यवस्थापनमा लागेको हो भन्ने जो कोहीले सहजै अनुमान लगाउन सक्ने, सरकारका व्यक्तिहरुको खराव स्वार्थ लुकेको प्रष्ट देखिने, यस्ता खाले घिनलाग्दा हर्कतहरु नगर्न सरकारलाई विज्ञप्ति मार्फत सचेत गराइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार