कोरोनाको अवस्था बुझ्न मुख्यमन्त्रीको टोली कालीकोटमा

तुलराज पाण्डे
कालीकोट, २९ वैशाख ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सहितको टोली कोरोनाको अवस्था बारे अनुगमन गर्न कालीकोट पुगेको छ । मुख्यमन्त्री महेन्द्र बहादुर शाही, सामाजिक विकास मन्त्री दल रावल, प्रदेश सांसद कुर्मराज शाही, प्रदेश सरकारका प्रमुख सचिव टेकनारायण पाण्डे र स्वास्थ्य निर्देशक रितुराज भण्डारी कालीकोट आएका हुन् ।

जिल्लाका स्थानीय तहका प्रमुख, सुरक्षा निकाय, चिकित्सक र अन्य सरोकारवालासंग कोरोना भाईरसका अवस्था र यसलाई रोक्नका लागि के÷के गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको खाँडाचक्र नगरपालिकाका प्रमुख जसीप्रसाद पाण्डेले बताए । जिल्ला संकट व्यवस्थापनको वैठकमा सदरमुकाम मान्ममा रहेको एकिकृत भवनमा ५० वेडको कोभिड अस्पताल निर्माण कार्यलाई तिव्रता दिने, भारतबाट आउने नागरिकका लागि प्रत्येक स्थानीय तहमा थप व्यवस्थित क्वारेन्टाईन निर्माण गर्ने र कालीकोटलाई कोरोनाका बारे पुर्णरुपमा जानकारी लिन सामुहिक जाँच गर्ने लगायतका विषयमा छलफल भएको सहायक प्रमुख जिल्ला अधिकारी युवराज हुमागाईले बताए ।


मुख्यमन्त्री शाहीले जिल्लाका सम्पूर्ण सरोकारवाला निकायलाई कोरोना भाईरस कोभिड–१९ जिल्लामा फैलिन नदिन सक्रियरुपमा लाग्न निर्देशन दिएको र त्यसका लागि प्रदेश सरकारले आवश्यक सम्पुर्ण सहयोग गर्ने जानकारीसमेत गराएको अधिकारी हुमागाईले वताए । उनका अनुसार मुख्यमन्त्री शाहीको टोली सोमबार सुर्खेत फर्किएको छ ।

त्यस्तै प्रदेश प्रमुख सचिव र स्वास्थ्य सेवा निर्देशकले जिल्ला अस्पतालको आईसोलेशन वार्डको अनुगमन गरेको जनस्वास्थ्य अधिकृत कटक वहादुर महतले वताए । मुख्यमन्त्रीको टोली आइतबार जुम्ला पुगेको थियो । कोराना भाइरस संक्रमण फैलिन नदिनको लागि प्रदेश सरकारले कर्णालीका पाँच जिल्लामा चिकित्सक टोली परिचालन गरेर बाहिर जिल्लाबाट भित्रिएका सबैको स्वाब परिक्षण गर्ने तयारी गरेको छ । हुम्ला र मुगुमा समेत चिकित्सकको टोली पुगिसकेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार