धानको बीउ बोकेको एम्बुलेन्स प्रहरी नियन्त्रणमा

तुलराज पाण्डे
कालिकोट, २९ बैशाख ।
कालिकोट जिल्ला खाँडाचक्र नगरपालिका वडा नं ३ निवासी ६० वर्षिया एक जना बिरामी ल्याएर जिल्ला अस्पताल कालीकोटले जिल्लामा उपचार सम्भव नभएपछी थप उपचारको लागि सुर्खेत स्थित प्रदेश अस्पतलमा रिफर गरी मिति २०७७ बैशाख २७ गते पठाएको जिला अस्पताल कालिकोटले जानकारी गराए ।

खाँडाचक्र नगरपालकाको नाममा दर्ता भएको सो एम्वुलेन्स सुर्खेतबाट कालीकोट फर्किने क्रममा खाँडाचक्र नगरपालिकाको कृषि शाखाको कालो धानको विउ २० केजि मात्र सो एम्वुलेन्समा हालेर ल्याउने क्रममा सुर्खेत एरिचोकमा खटिएको प्रहरीले एम्वुलेन्सलाई नियन्त्रणमा लिएको छ । २० केजी धानको बिउ ल्याउको लागि अर्को गाडीको पास लिएर ल्याउनु भन्दा सो खाडाचक्र नगरपालिकाको एम्वुलेन्स खालि नै आउने भएकाले धानको बिउ ल्याउन खाडाचक्र नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत खड्क प्रसाद उपाध्यायले भन्नुभयो । एम्वुलेन्समा राखी कालिकोट लैजादै गर्दा एरीचोकमा रहेको प्रहरीले सो एम्वुलेन्समा धान किन वोकेको भनी नियन्त्रणमा लिएको एम्वुलेन्स चालक महानन्द जैसिले बताए ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतमा लगिसकेपछी खाँडाचक्र नगरपालिकाका कम्प्युटर अपरेटर भिम प्रसाद पाण्डे बुझ्न जाँदा डिउटीमा रहेका प्रहरीले आफुलाई केही थाहा नभएको र माथिल्लो दर्जाको प्रहरीलाई खबर गर्न भने पछि माथिल्लो दर्जाको प्रहरीलाई भेट्न खोज्दा भेट्न मिल्दैन भनेपछि गटे बाटै फर्किए पाण्डे ।

सो सन्दर्भमा मैले एक जना प्रहरी सहायक निरीक्षकलाई बुझ्न खोज्दा उनले जवाफ दिन आनाकानी गरेको पाण्डेले बताए । मैले भर्खरै गृह मन्त्रालयले खद्य उपज वस्तुहरुको सहज ढुवानी लगाएतको विषयमा आवश्यक सहयोग गरिदन गृह मन्त्रालयले आग्रहसमेत गरेको जानकारी गराए उहाँले मान्नु भएन । उल्टै भन्नुभयो की अव मोटरसाइकल अनियमितता गरेको १ महिना सम्म राख्ने गरेको छ सो कार्वाही पनि एम्वुलेन्स लाइ पनी हुन्छ ।

के खँडाचक्र नगरपालिका ले २० पन धानको बीउ लिनको लागि एउटा गाडी सिंगलै रिजर्व गरी भएका माध्यामबाट कालिकोट पुरयाउदा राज्यको सम्पत्ति कति रित्निन्छ सो कुरालाई मध्यनगर गर्दा एम्वुलेन्समा अनावश्यक मान्छे हाल्ने राज्यको स्वाधिनता अखण्डा के मा असर गर्ने काम के थियो र त्यसमा अन आवश्यक दुख दिने नियतले एम्वुलेन्स, चालकसमेत कव्जा गरिएकोले, एम्वुलेन्सका कारण कालिकोट जिल्ला र खाँडाचक्र नगरपालिकाका नागरिकले कति सस्ती खेप्न पर्ने हो यसको कुनै टुंगो नभएकाे नगरपालिकाकाे भनाइ छ ।

तपाईको प्रतिक्रिया