क्वारेन्टाइनमा वसेका ६४ जना घर फर्के

दुर्गा विसी
सल्यान (सल्लीबजार), २९ बैशाख ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको क्वारेन्टाइनमा वसेका ६४ जना स्वास्थ्य परिक्षण पछि घर फर्केका छन् । क्वारेन्टाइनमा बसेको १६ दिनपछि उनीहरुको आरडिटि चेकजाँच पछि घर फर्काएको छ । झापाको वेलवारि नगरपालिकामा सडक स्तरवृद्दिको काममा रहेमा बनगाड कुपिण्डे नगरपालिका वडा नं ८, ९, १०, ११ र १२ का स्थानीयहरुलाई क्वारेन्टाइनमा राखिएको थियोे । सबैको स्वास्थ्य परिक्षण गरिएको र रिपोर्ट नेगेटिभ आएको समेत जनाएको छ ।

उनीहरुको समुहगत रुपमा चेकजाँच गरिएको बनगाड कुपिण्डे नगर स्वास्थ्य शाखा संयोजक वासुदेव पोख्रेलले जानकारी दिनु भएको छ । त्यसैगरी नगरले निर्माण गरेको क्वारेन्टाइन खालि भएको छ । नगरमा अन्य स्थान तथा जिल्लाबाट आउने नागरिकलाई अनिवार्य क्वारेन्टाइनमा राखिने नगर प्रमुख गोविन्द कुमार पुनले जानकारी दिनुभएको छ ।

पछिल्लो समयमै नेपाल बाहिरबाट नागरिक आउने सम्भावना कम रहेको र नेपाल भित्रका कोरोना प्रभावित क्षेत्रबाट नगरमा आउन जाउन निषेध समेत गरिएको छ । लकडाउनको समयमा ज्याला मजदुरी गर्न नपाएई खाद्यान्नको जोह हुन नसकेका ७ सय ३६ घरपरिवारलाई समेत पहिलो चरणको राहत वितरण भैसकेको छ । क्वारेन्टाइनबाट घर फर्केने स्थानीय नागरिकलाई नगरले गाडीमा घर छाड्ने व्यवस्था मिलाएको थियो । स्वास्थ भएको रिपोर्ट थाहा पाए पछि सबै खुशी साथ घर फर्केका छन् ।

तपाईको प्रतिक्रिया