राहत एक हजार सात सय ४२ घरधुरीलाई वितरण

तुलराज पाण्डे/बैशाख २८कालिकोट:

कालिकोट जिला मा ९वटा स्थानीय तहले विश्वमाहामरी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)सङ्क्रमण रोकथामका लागि सरकारले गत चैत्रदेखि शुरु गरेको बन्दाबन्दीकाे आर्थिक संकट मुलुकमा देखिसकेको छ । कालीकोटका स्थानीय तहले पनि बन्दाबन्दीका बेला आआफ्नो स्थानीय तहका विपन्न नागरिकलाई राहत वितरण गरिरहेका छन् । जिल्लाका सबै स्थानीय तहले दिएको जानकारी अनुसार तीन करोड बढी रकम राहत वितरणमा खर्च भएको छ ।जिल्लाको खाँडाचक्र नगरपालिकाले ३८५जना अति विपन्न परिवार र १ हजार ३५५ विपन्न परिवार गरी जम्मा १ हजार ७४२ परिवारलाई राहत वितरण गरेको छ ।

नगरका प्रमुख प्रशासकीय अधिकृत खडकप्रसाद उपाध्यायले आजसम्म २७ लाख बराबरको राहत वितरण गरेको बताउनुभयो । नेपाल खाद्य संस्थानको कालीकोट डिपोबाट चामल खरिद गरेर नागरिकलाई राहत वितरण गरिएको हो । जिल्लाको रास्कोट नगरपालिकाले पनि ३० लाख बढी राहत वितरण गरिसकेको छ । रास्कोट नगरपालिका वडा नं २ का अध्यक्ष दयाराम सिम्खडाले गैरसरकारी संस्था प्लान नेपालले रास्कोट नगरका ५३४ परिवारलाई प्रति घरपरिवार २ हजार ७३० रुपियाँका दरले १४ लाख ५७ हजार ८३० नगदसँगै नगरको २४ लाख जति खर्च विपन्न परिवारको राहत वितरणमा खर्च भएको बताउनुभयो । जिल्लाको पलाँता गाउँपालिकाले ६० लाख विनियोजन गरेको छ । तर हालसम्म कुनै पनि पैसा खर्च भएको छैन ।


हालसम्मको सबै २० लाख राहत, उद्धार र गाउँपालिकामा रहेका स्वास्थ्यक्रर्मीलाई खरिद गरेको पिपिई सेट सबै खर्च २० लाख भएको र त्यो गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमको व्यक्तिगत खर्च भएको रेडियो पलाँताका स्टेशन म्यानेजर सुमनकुमार बमले बताउनुभयो । उहाँका अनुसार २० लाख रूपियाँ आफ्नो मात्र खर्च भएको जानकारी गाउँपालिका अध्यक्षले दिनुभएकाे छ । जिल्लाको शुभकालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हस्तबहादुर शाहीले १३ लाख रूपियाँ बराबरकाे राहत विपन्न परिवारलाई वितरण गरिएको बताए ।नरहरीनाथ गाउँपालिका अध्यक्ष धिरबहादुर बिष्टले गाउँपालिकाभरिका ४८० विपन्न नागरिकका लागि १७ लाख ५० हजारको राहत वितरण गरिएको बताए ।

अध्यक्ष बिष्टले यो रकम गाउँपालिका र प्लान नेपालको सयुक्त खर्च भएको बताउनुभयो । सान्नीत्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रबहादुर शाहीले गाउँपालिकाको मात्र खाद्यान्नमा १५ लाख रूपियाँ खर्च भएको बताउनुभयो । उहाँले गैरसरकारी संस्थाको १४ लाख हाराहारीको नगद सहयोग अलग रहेको बताउनुभयो । यस्तै पचालझरना गाउँपालिका, महावै गाउँपालिका र तिलागुफा नगरपालिकाले पनि राहत वितरण गरेका छन् । तिलागुफा नगरपालिका वैशाख ४ गते एक करोड रूपियाँको खाद्यान्न खरिदका लागि बाेलपत्र आह्वान गरेकाे र लाखाैँ अनियमितता भएकाे गुनासाेसमेत सुनिएकाे छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार