शंकास्पद व्यक्तिको स्वाब लैजान डोल्पा पुग्यो हेलिकप्टर

डोल्पा, २७ बैशाख ।
शंकास्पद व्यक्तिको स्वाब लैजानको लागि सुर्खेतबाट स्वास्थकर्मी बोकेर माउन्टेन एयरको हेलिकप्टर आइपुगेको छ । त्रिपुरासुन्दरी नगरपालिका वडा नं ७मा पर्ने कस्तुरी आधारभुतबिद्यालयमा क्वारेन्टाइनमा बसेका ६२ बर्षिय पुरुषल गायतउनिसँग सम्पर्कमा रहेका सबैको स्वाब संकलन गरेर सुर्खेत लैजानकालागि हेलिकप्टर आइपुगेको प्रमुख जिल्लाअधिकारी शुरेस सुनारले जानकारी दिए ।
केही बेरमै शंकास्पद व्यक्तिहरुको स्वाब लिएर हेलिकप्टर फर्किने प्रजिअ सुनारले बताए । दुनै र जुफालमा पनि केही व्यक्तिको स्वाब संकलन गरिएकाले सोही हेलिकप्टरमा ल्याइने कर्णाली प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वाताबरण मन्त्री नन्दसिँह बुढाले जानकारी दिए। सबैको स्वाब सुर्खेतमा परिक्षण गरेपछि मात्र कोरोना भए नभएको पुष्टिहुने मन्त्री बुढाकोभनाइ छ ।
शुक्रबार १४ दिन सम्म क्वारेन्टाइनमा बसेर घर फर्कने क्रममा स्थानीय स्वास्थकर्मीले दु्रत परिक्षण(आर.डि.टी) गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो । शुक्रबार साँझनै पुनःशंकास्पद व्यक्तिको आर.डि.टी परिक्षणका लागि जिल्लाअस्पतालबाट डाक्टरको टोली खटाएर परिक्षणगर्दा रिर्पोट नेगेटिभआएको थियो ।
आर.डि.टी रिपोर्टबाट स्वास्थ्यकर्मीनै अन्योलमा परेपछि सुर्खेतबाट हेलिकप्टरमा स्वास्थकर्मी  झिकाएर पि.सि.आर परिक्षणका लागि पठाइएको त्रिपुरासुन्दरी नगरपालिकाले जनाएको छ । शंकास्पद व्यक्ति पछिल्लो समय कोराना संक्रमणको रेड जोनमा परेको नेपालगञ्जमा केहि महिना बसेर डोल्पाआएकाहुन ।

तपाईको प्रतिक्रिया