३७ घर परिवारलाई राहत वितरण

जाजरकोट, २७ बैशाख ।
कोरोना संक्रमणका कारण ज्याला मजदुरीबाट बन्चित भएर दैनिक गुजारा चलाउन समस्या भएका घर परिवारहरुका लागि राहत सामाग्री वितरण गरिएको छ । अष्ट्रेलियन एड, कारितास अष्ट्रेलिया, कारितास नेपालको आर्थिक सहयोगमा यार्सन जाजरकोटले सन्चालन गरेको नेपाल जिविकोपार्जन तथा उत्थानशिलता कार्यक्रम र भेरी नगरपालिकाको साझेदारीमा भेरी नगरपालिका वडा नं १ भित्रका ३७ घर परिवारका एक सय ७५ जना व्यक्तिहरुलाई राहत वितरण गरिएको हो ।

भेरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दल बहादुर घर्तीका अनुसार भेरी नगरपालिकाले नगर भित्र कार्यक्रम सन्चालन गरिरहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्था तथा व्यक्तिहरुलाई कोरोना रोकथाम राहतकोषमा सहयोगका लागि आह्वान गरेको थियो । सोही अनुरुप कारितास नेपाल र यार्सन जाजरकोटले भेरी नगरपालिकाको साझेदारीमा नगरपालिकाले हालै पारित गरेको कोरोना भाइरस संक्रमण रोकथाम तथा राहत कोष सन्चालन कार्यविधि २०७६ को परिधिमा रहेर राहत सामाग्री वितरण गरिएको बताउनुभयो ।

यार्सन जाजरकोटका जिल्ला कार्यक्रम संयोजक सहदेव बस्नेतले अनुसार विपतको समयमा समुदायमा सहयोग गर्ने कारितास नेपालको विगत देखीकै निरन्तरता स्वरुप हाल कोरोना महामारीको सन्दर्भमा पनि सहयोगलाई निरन्तरता दिएको बताउनुभयो । बस्नेतका अनुसार नगरपालिकासँगको समन्वय र साझेदारीमा ३७ घरघुरीका एक सय ७५ जनालाई राहत वितरण गरिएको छ । जसमा १५ दिनका लागि प्रति परिवार दाल पाँच केजी, तेल २ लिटर, नुन एक पोका, सावुन २ पीस र चामल परिवार संख्या र उमेरगत आधारमा उपलव्ध गराइएको छ ।

तपाईको प्रतिक्रिया
error: Content is protected !!