डोल्पामा एक जनामा आरडिटि पोजेटिभ


डोल्पामा एक जनाको आरडीटी परिक्षण रिपोर्ट पोजेटिभ देखिएको छ । अारडीटी पाेजेटिभ देखिएपछी काेराेना भएकाे अाश‌का गरिएकाे छ ।  त्रिपुरासुन्दरी नगुरपालिका ७ मा पर्ने कस्तुरी आधारभुत बिद्यालयमा क्वारेन्टाईनमा बसेका ६४ बर्षिका ब्यक्तिमा आरडिटि परिक्षण पोजेटिभ देखिएको हो । क्वारेन्टाईनमा बसेका ३६ जनाको परिक्षण गर्दा उनको परिक्षण मात्रै पोजेटिभ रिपोर्ट आएको हो ।

संकास्पद व्यक्तिको पुनस्परिक्षणको लागि जिल्लाबाट डाक्टर रमेश रोक्का सहित ल्याबको टोली हिडेकोँ जिल्ला प्रशासनले जनाएको छ । जिल्ला अस्पताल डोल्पाबाट स्वास्थ्यकर्मीको टोली पहाडा हिँडिसकेकाले स्वास्थ्यकर्मीको टोलीले आधिकारिक रिपोर्ट दिने बताउँदै शनिबार उनको स्वाब संकलन गरेर पिसिआर परिक्षणका लागि सुर्खेत पठाईने प्रमुख जिल्ला अधिकारी शुरेस सुनारले जानकारि दिए ।

पिसिआर रिपोर्ट नआउन्जेल कोरोना पुष्टि भएको नमानिने भएकाले अहिलेनै त्रसित नहुन प्रजिअ सुनारले डोल्पाली नागरिकलाई आग्रह गरेकाछन् । शंकास्पद व्यक्ति पछिल्लो समय कोराना संक्रमणको रेड जोनमा परेको नेपालगञ्जमा केहि महिना बसेर डोल्पा आएका हुन ।

तपाईको प्रतिक्रिया