नेपालगन्जमा थप एक जनामा कोरोना संक्रमण

नेपालगन्ज, २६ बैशाख ।
बाँकेमा शुक्रबार थप एक जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको छ । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा परीक्षण गर्दा १६ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले १६ वर्षिय पुरुषमा कोरोना पोजिटिभ देखिएको पुष्टी गरेका हुन् । योसँगै नेपालमा कोराना संक्रमित हुनेको संख्या १ सय २ पुगेको छ ।


यसमध्ये ७४ जना पुरुष र २८ जना महिला रहेका छन् । नेपालगन्जमा अघिल्लो शुक्रबार पहिलो पटक वडा नम्बर ७ निवासी ६० वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको थियो । त्यसपछि उनको कन्ट्रयाक्ट टे«सिङका आधारमा वडा नम्बर ८ मा स्वाब परीक्षण गर्दा २२ जना ब्यक्तिमा संक्रमण पुष्टी भएको थियो । यो सँगै नेपालगन्जमा संक्रमितको संख्या २४ पुगेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार