सापकोटामाथी सांघातिक आक्रमण

सुर्खेत, २६ बैशाख ।
साहारा क्याम्पसका सञ्चालक दुर्गा सापकोटा माथि सांघातिक आक्रमण भएको छ । लकडाउनमा तरकारी बारीमा काम गरिरहेका सापकोटा माथि आक्रमण भएको हो । वीरेन्द्रनगर–११ गाग्रेतालमा रहेको आफ्नै साहारा कृषि तथा पशुपालन फर्ममा आफ्ना दाजु रामप्रसाद सापकोटासँग काम गरिरहेका सापकोटामाथी अपरिचित २ व्यक्तिले आक्रमण गरेका थिए ।

पटक/पटक कृषि फर्ममा आई तरकारी लगायत कृषि औजार चोरी कार्यमा संलग्न उनीहरुले विहिबार भने सापकोटाका दाजुभाईलाई नै आक्रमण गरेको स्थानीय रमेश लामिछानेले जानकारी दिए । उनीहरुको आक्रमणबाट क्याम्पस सञ्चालक सापकोटाको टाउँकामा गहिरो चोट लागेको छ । उनको नेपालगन्ज नर्सिङ्ग होममा उपचार भैरहेको छ । प्रहरीले सापकोटामाथी आक्रमण गर्ने दुई जनालाई नियन्त्रणमा लिइसकेको छ ।

तपाईको प्रतिक्रिया