भ्रष्टाचारीलाई सुली चढाऔं, गोली ठोकौं

विशाल वि.सी./(सुर्खेत)
‘किम जोन उनको पुनर्जन्म नेपालमा होस, आमाको कात्रो किन्दा पनि भ्रष्टाचार गर्ने भ्रष्टाचारीलाई झुण्डाएको हेर्ने मन छ ।’ लेखिएको स्टाट्सले गत हप्ता उत्तर–कोरियाली तानशाहको मृत्युको अपवाह सम्प्रेषण भए लगत्तै सामाजिक सञ्जाल तत्ताएको थियो । मैले पनि यो स्टाटस् झट्टै मूल्याङ्कन गर्न सकिन र गहिरो सोच्न बाध्य भए । लामो संघर्ष र बलिदान पश्चात् प्रजातान्त्रिक राजतन्त्र त खप्न नसकेर गणतन्त्र ल्याएको हाम्रो देशमा केही नागरिकले क्रुर तानशाह शासनको अपेक्षा गर्नुले विगतदेखि वर्तमान सरकार समक्ष गम्भीर प्रश्न चिन्न खडा गरेको छ । कहाँ कहाँ चुक्यो त गणतान्त्रिक सरकार ? भ्रष्टाचार र कमिशनको खेलले आज सीमा नागेर परकाष्ठा छोएको छ । देशमा भ्रष्टाचारले नछोएको कुनै क्षेत्र खोज्नु भनेको बाग्मतीमा सुन खोज्नु सरह भएको छ ।

स्वास्थ्य, शिक्षाजस्तो संवेदनशीलदेखि लिएर भौतिक विकास जस्ता देशकालागि कोषेढुङ्गा सावित हुने कामसम्म प्रत्येक क्षेत्र भ्रष्टाचारले लिप्त छ । यहाँ चाहे जागिर खाँदा होस् या सवारी साधन लाईसेन्स निकाल्दा वा सरकारले घोषणा गरेको अनुदान लिँदा होस् पावर र पैसाको आवश्यक र दुरुपयोग संगसंगै भईरहेको छ । यस्ता जस्ता सनसनी फैलाएको भ्रष्टाचार र अख्तियार दुरुपयोगको उदाहरण लेख्ने हो भने ५ घण्टा लगाएर पनि सकिन्न होला । नेपाली जनता बढ्दो भ्रष्टाचारदेखि हँदैसम्मको बिचल्लित भईसकेको छन् । नेपालीमा एउटा प्रख्यात भनाई छ ‘मर्नुभन्दा बौलाउनु बेस ।’ माथीको उक्त स्टाटसले घुमाउँंरो तरिकाले भ्रष्टाचार नियूनिकरण हुन्छ भने जस्तो पनि तानशाही र अराजक शासनपनि स्वीकार न तयार भएको जस्तो संज्ञा दिएको छ । बालुवाटार जग्गा प्रकरण, ३३ केजी सुनकाण्ड, वाईडवडी घोटलाजस्ता ठूला भ्रष्टाचारका काण्ड सेलाउन नपाउँदै बजारमा नयाँ संस्करणदेखा पर्न लागिसकेको छन् ।

कोरोनामा भएको बेथिति
सारा दुनिँया कोरोनाको चपेटामा परेको बेला सम्भावित विकराल रूपबाट उच्च सतर्कता अपनाउने योगदान दिनुपरयो उच्च पदाधिकारी र मन्त्रीहरुनै जटिल परिस्थितीमा किन्नुपरेको स्वास्थ्य सामाग्रीमै कमिशनको खेल खेलेका छन् । तल्लो स्तरका जनप्रतिनिधिले समेत बिसम परिस्थितिमा निम्न आय भएका जनतालाई बाँड्नुपर्ने राहतमा पनि घोर पक्षवाद गरेको देखेकै छौं । मलाई मात्र नभई सारा नेपालीलाई आभाष हँुदैछ कि पैसा र सम्पत्तिको लागि मानिस आज नैतिकताभन्दा माथि उठ्न सक्छ र आफ्नै राष्ट्रलाई घात गर्न सक्छ।भरतपुर कोरोना अस्थायी अस्पतालमा भएको चोरी प्रकरणमा पनि पदको दुरुपयोग जस्तो नै देखिन्छ । गाउँ घरतिर बुढापाकाले भन्छन । “बेर्थै आएको कुरा बेर्थै जान्छ ।’ हेक्का रहोस् सबैमा, जनताको सास्ती र देशको सम्पत्तिबाट कोही कसैले आज आफ्नो पेट भर्ला तर धेरै बेर त्यो पापको कमाई टिक्ने छैन ।

कम्यूनिष्टका नारा र व्यवहार
माक्सवादलाई सिरोपर गरेका कम्यूनिष्टहरू अहिले दुई तिहाईको बहुमतले सरकारमा छन् । समाजमा समाजवाद हुँदैँ वैज्ञानिक समाजवाद पछ्याउदैँ राष्ट्रलाई सम्बृद्धितर्फ धकेल्न पर्न कम्यूनिष्टहरू अहिले सत्तामा भ्रष्टाचारले जुन उग्र रूप र आँकडा जमाएको छ, यो साँच्चिकै दुर्भाग्यको कुरा हो । समाजमा देखिएको वर्ग विभेदको यो रूप द्वोन्दात्मक भैतिकवादका अनुयायी एवम् समकक्षी हु भन्ने कम्यूनिस्टहरू माथि जटिल बनेको छ । भ्रष्टाचार कम्यूनिस्टहरूले अनुसरण गर्दैन भनेर कतिपयले भनि रहँदा यहि सरकारको भ्रष्टाचारीसंग बाउ छोराको जस्तो सम्बन्ध हुनुले उक्त भनाई गलत तुल्याईदिएको छ । ‘सुखी नेपाली सम्बृद्ध नेपालको’ मूसमन्त्र बोकेको यो सरकारले शून्य भ्रष्टाचारको निती अवलम्बन गर्नुको विकल्प छैन । तर विडम्बना, यहि सरकारको पालामा सरकारको उच्च पदमा बसेकाहरूनै ७० करोड काण्ड जस्ता अन्य कुरामा भेटिएको छन् । यतिबेला ‘म भ्रष्टाचार गर्दैन र म भ्रष्टाचार सहन्न’ भन्ने निती एउटा नारामा मात्रै सिमित भएको छ । गत बर्ष सन् २०१९ मा ट्रान्सपेरेन्सी ईन्ट्रनेशनलको अनुसार करिब विश्व भरका १९५ राष्ट्र मध्ये १८० देशको भ्रष्टाचार मापन अन्तर्गत कुल ३४ सिपीआई अंक प्राप्त गरी विश्वको कम भ्रष्टाचार हुने मुलक मध्ये हाम्रो स्थान ११३ मा यथावत् छ । यो लज्जाको बिषय हो । सन् २०१८ भन्दा २०१९ मा मात्र तीन अङ्क बृद्धि भएको थियो ।

आवश्यकताभन्दा यो धेरै सानो सुधार हो । यति भ्रष्टाचारमा निर्मूलिकरण गर्न सके देशको छत्रछाँया संसार भर चम्किने छ । भ्रष्टाचार हुनुकोपनि विभिन्न कारण रहेको छन् । मूलतःनेपाली समाजमा वर्ग पिच्छे भ्रष्टाचारको कारण फरक छन् । माथिल्लो वर्ग मतलब हुने उच्च तहका व्यक्तित्वले भ्रष्टाचार भैतिकतावाद र विलासतालाई पछाउँंदै गर्ने गरेको हुन्छन् । जति पैसा भयो त्यति पैसामा खेल्ने दृढभाव जागरूप भएर भ्रष्टाचारको चर्को रूप लिन्छ । माथिल्लो तहको सेटिङ् र ठूला व्यक्तिसँग सम्बन्ध गाडा भएको हँुदा उच्च तहका कर्मचारी र नेता कमै फस्ने गर्छन् । त्यसपछिको वर्ग मतलव मध्यम तहका कर्मचारीले भ्रष्टाचार अगाँलनुको मुख्य कारण देखासिकी र माथिल्लो वर्गमा आफ्नो स्तरउन्नति गर्न गलत बाटोको प्रयोग गर्नु हो ।

देखावटी संस्कारले भ्रष्टाचार
पछिल्लो चरणमा हाम्रो टोल छिमेकमा विदेश जानेको लर्को छ । मानिसले पैसाको महत्व बुझ्न छाड्यो । पहिले पचास रूपौँंया तिरेर अटो चढ्न ५ पटक सोच्ने नेपाली आज ५०० तिरेर ट्याक्सी हाँसेर चढ्छ । पैसा आयो खुसीको कुरा हो तर उत्पादन र सीर्जनशील क्षेत्रमा लगानी भन्दापनि वेबारिसे तरिकाले पैसा उडाउने प्रवृत्ति बढेको छ । विदेश गएको वुवाको छोरा बुलेट चढेर हिडेको देख्दा ऊसलाई पनि छोरालाई बुलेट चढाउने उसमा ईच्छा जागरूप हुन्छ । फलानाको छोरो महँगो कलेजमा पढेको देख्दा उसलाई पनि आफ्नो छोराछोरी त्यहि पढाउन मन लाग्छ । त्यसपछि यो वर्गको कर्मचारी तीन पुस्तो कालो सूची र सम्पत्ति जफतको डर बिर्सेर उ भ्रष्टाचारपथमा लम्कन्छ । घाँटी हेरेर हाड निल्ने बानी विकास भएको भए सायद यो तह भ्रष्टाचारमा मुच्छिने थिएन । निम्न वर्गको मतलब तल्लो स्तरको कर्मचारी बढ्दो महँगी र दैनिक आवश्यक सर सुविधाबाट बन्चित हुने भएकाले बाध्यात्मक कारण भनौ या के भनौ ? यसरी भ्रष्टाचारमा उत्रिन्छ । खुट्टा काप्पी, काप्पी भ्रष्टाचार गर्न दुष्साहस बोकका यस्तै कर्मचारी हुन अख्तियारको फन्दामा पर्ने । माथिल्लो निकायमा निकट सम्बन्ध नहुने कर्मचारीनै फस्ने जसले ठूला भ्रष्टाचारको मात्राभन्दा अतुल्नीय कम हात मारेको हुन्छन् ।


भ्रष्टाचारमा लुटपाट
हरेक सरकारले आफ्नो पालोमा भ्रष्टाचार कम हुदैँ गएको कुरामा जिकिर गर्ने गरेको छन् जसले जनतामा अन्योलता सिर्जना भएको छ । सत्यता यो हो कि भ्रष्टाचार कम भएको छैन तर यसको शैलीमा परिवर्तन मात्रै आएको हो । पहिला सिधैँ टेबुल मुनिदेखि लिने दिने हुन्थ्यो भने अहिले बिचौंलीयाको माध्यबाट हो र भ्रष्टाचारको मात्राले पनि ठूलै छलाङ् मारेको छ । एउटा शिक्षकले बर्षभरी लगाएर नभ्याउने किताब, त्यहि शिक्षकले ट्यूसनमा ३ महिनाभित्र किताब सकिदिन्छ । शिक्षाको क्षेत्रमा यो भन्दा ठूलो भ्रष्टाचार के हुन सक्छ त ? ‘घुस् दिन्या र घुस खान्या, ईन दुईको ता धन जीव गरी लियाको पनि पाप छैन, इ राजा (राज्य) का महासतुर हुन्’ भन्ने महान् भनाई आजभन्दा दुई सताप्दी अगिनै राष्ट्रपिता पृथ्वी नारायण शाहको दिव्यपदेशमा उल्लेख छ । जबसम्म सरकार औधी गम्भीर भएर भ्रष्टाचारीलाई देशदोह्रीभन्दा पनि तुच्छ संज्ञा दिएर फाँसीको कार्वाहीको व्यबस्था अगाडी बढाउँदैन, तबसम्म भ्रष्टाचार गर्न कमैले डर मान्छन् । एउटा धुर्वसत्य कुरा यो हो कि यति सबै मानिस लोभी लालची र भैतिकवादी नभएको भए न कुनै हत्या, अपराध, चोरी लुटपाट, भ्रष्टाचार केहि पनि हुने थिएन ।

समान्ताको समाज स्थापनाको मूलधारनै भौतिकवादलाई तिलाञ्जली दिनु हो । ‘भ्रष्टाचार, कालोबजारी र कमिशनको खेल यति बढ्यो कि नेपालमा आत्महत्या गर्छु भनेर बिष किन्न जाँदा पनि बिष नक्कली पर्छ’ भन्दै एकजना पत्रकारले वर्तमान नेपाली समाज दर्साउँदै पेचिलो वाणी घतलाग्दो तरिकाले व्यक्त गर्नुभएको थियो । साँच्चिकै नेपालजस्तो अल्प विकसित मुलुकलाई भ्रष्टाचार एकदम महँंगो परेको छ । आज मानिस सबै सरकारी जागिर खान खोज्छन् तर छोराछोरी सरकारी स्कुल पढाउन चाहाँदैनन् । जागिर खाँदा तथा पदभार ग्रहण गर्दा भाग्वत् गीतामा छोएर राष्टप्रति बफादार हुनेछु भनेर खाएको कसमको औचित्य अधिकांशले कायम राख्दैनन् ।

तलवबृद्धिले भ्रष्टाचार रोकिँदैन
भ्रष्टाचार नियन्त्रण गर्न सरकार गम्भीर चिन्तन हुन सक्त जरूरत छ । भ्रष्टाचार नियन्त्रण गर्न सरकारले तलब मात्रै बढाउनु मूर्खता हो । भ्रष्टाचार नियन्त्रण गर्न तलबको वृद्धिभन्दा पनि बढ्दो महंगीको नियूनिकरणले टेवा पु¥याउँदछ । तलब बढाउन कम, महंगी नियूनीकरणमा ज्यादा सरकार केन्द्रित हुनु पर्छ । यति एकहोरो तलब मात्र बढाए बढ्दो महँंगीले त्यसको असर सन्तुलित बनाईदिन्छ । अख्तियार दुरपयोग अनुसन्धान आयोगमा पनि निष्पक्षता छ भन्ने कुरा अलि हजम हुदैँन । अख्तियारको पनि अख्तियार दुरपयोग भईरहेको छ, त्यसमा ध्यानाकर्षण हुन आवश्यक छ ।

अख्तियारको पनि अख्तियार दुरुपयोगको अनुगमन कसले गर्ने ? क्षेत्राधिकार बढाईएको अख्तियार र ठूला मन्त्री तथा पदाधिकारीको अख्तियार दुरुपयोगको अनुगमन गर्ने छुट्टै स्वत्रन्त निकायको खाँचो छ । भ्रष्टाचारको निर्मुल समाज गराउन नागरिक स्तरदेखि प्रत्येक नागरिक सचेत रहन जरूरी छ । पैसाको भन्दा पनि ईज्जतको महत्व बुझ्न प्रत्येकले नागरिकले आवश्यक छ । भ्रष्टाचारीलाई सम्बन्ध र त्रासभन्दा माथि उठेर समाजमा बहिष्कार गर्न सक्नुपर्छ र त्यस्ता कार्यमा संलग्न गर्नलाई सरकारसँग सहकार्य गरेर सम्बन्धित निकायमा उजुरी गर्ने हिक्मत् जुटाउनु पर्दछ । जो कोहि भ्रष्टाचारी र दलाललाई प्रतिकार गरेर समाजबाट भ्रष्टाचारीको वर्चस्व तोडिनु पर्छ ।

राष्टप्रति वफादार नागरिक
कलिलो रूपमा भर्खर समाजमा स्थापित हँुदै गरेका प्रत्येक बालबच्चालाई राष्टप्रति बफादार हुनुपर्छ, नैतिकता बिर्सेर भौतिकतामा लाग्नु हुँदैन र संधै सत्कर्मको बाटोमा अबिलम्बन गर्न र सत्कर्ममा लागेकाको उच्च सम्मान गर्न सानैदेखि विद्यालय र घरमा उचित ढङ्गबाट सिकाईनु पर्छ र यसको प्रत्येक अभ्यासपनि गराईनु पर्छ । यस कुराप्रति सबै अभिभावक र शिक्षक गहन जिम्मेवार हुन आवश्यक देखिन्छ । रूडिबादी, देखासिकी र अज्ञानताले खोक्रो पारेको हाम्रो नेपालको राष्ट्र विकासमा भ्रष्टाचार प्रमुख समस्या बनिदिएको छ । अबको दिनमा भनेको समाजमा भ्रष्टाचार रोक्न सबै नेपालीलाई अभिमुखीकरण गर्नुपर्छ । नेपालमापनि भारतमा जस्तै धेरै कालो धन अँधेरी कुना र विभिन्न माध्यमका रूपमा थुपारिएको छ । यति कालो धन सरकारीकरण गर्न सक्ने हो र पुनःसञ्चित हुनबाट बञ्चित गर्न सक्ने हो भने आउँदो ५ बर्षमा देशमा आमूल परिवर्तन हुनेछ । त्यसैले देश काँयापलट पार्ने एउटै विकल्प शून्य भ्रष्टाचार । (याे लेखकका निजी बिचार हुन)


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार