बुवा–आमाको बैवाहिक बार्षिकोत्सवमा छोराको सहयोग

सुर्खेत, २४ बैशाख ।
वीरेन्द्रनगर–९ निवास समाजसेवी तथा अधिवक्ता ध्रव कुमार श्रेष्ठ र उनका धर्मपत्नी देवी श्रेष्ठको बैवाहिक बार्षिकोत्सवमा सामाजिक कार्य गरिएको छ । ४३ औं बैवाहिक बार्षिकोत्सवका अवसरमा छोराको एक महिनाको तलव दृष्ट्रिविहिन हेरविचार केन्द्र सुर्खेतलाई सहयोग गरिएको हो ।

२०३४ साल बैशाख २४ गते बैवाहिक वन्धनमा बाधिँएको जोडिले कर्णाली प्रदेशमा कार्यरत हार्डजोर्नी, बाथ तथा नशा रोग विशेषज्ञ छोरा डा. शुभ श्रेष्ठकाे एक महिनाको तलब ४३ हजार ६ सय ९७ रुपैयाँ दृष्ट्रिविहिनहरुका लागि प्रदान गरिएको हो । सहयोग रकम दृष्ट्रिविहिन हेरविचार केन्द्र सुर्खेतका अध्यक्ष तथा सामाजसेवी जीवन कुमार शाक्यलाई हस्तान्तरण गरिएको थियो ।

सोही अवसरमा बोल्दै छोरा डा. शुभ श्रेष्ठले भने ‘हाम्रो कर्तव्य दायित्व बिहानदेखि सांझसम्म बिरामीहरुलाई जाँच्ने अनि जचाँउन आउनुभएका बिरामीहरुलाई हसाउने मात्र भन्दा पनि समाजमा रहेका दिनदुखी, हाम्रै समाजमा बसेर पनि एक छाक खान गाह्रो हुने र पैसाकै अभावमा उच्च शिक्षा हाँसिल गर्न बन्देज रहनु भएकाहरुलाई सहयोग गरी समाजप्रतिको आफ्नो पनि दायित्व रहेको हुँदा आज बुवा, मम्मीको बिशेष दिन पारेर यो सानो सहयोग गरेको छु ।’

सहयोग रकम पाएपछि दृष्ट्रिबिहीन हेरबिचार केन्द्रका अध्यक्ष जीवनकुमार शाक्यले शुभकामना, धन्यवाद व्यक्त गर्दै आफ्नो संस्थाले प्राप्त गरेको सहयोग दृष्ट्रिबिहीन छात्र÷छात्राको शिक्षामा लगाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
हाडजोर्नी, बाथ तथा नशा रोग विशेषज्ञ डा. शुभ श्रेष्ठ र उनीकी धर्मपत्नी स्त्री रोग विशेषज्ञ कृत्रिका थापा श्रेष्ठले यसै महिना परेको आफ्नो तेस्रो बैवाहिक बार्षिकोत्सवको उपलक्ष्यमा वीरेन्द्रनगर–९ को स्वास्थ्य चौकीमा कार्यरत १४ जना कर्मचारीहरुलाई एन ९५ माक्स, सर्जिकल मास्क, ह्याड ग्लोब्स र सेनिटाईजर गरी करिब २० हजारको सामाग्रीहरु सहयोग गरेका थिए ।

तपाईको प्रतिक्रिया