भिरबाट लडेर २५ बर्षिय युवकको मृत्यु

तुलराज पाण्डे
कालीकोट, २४ वैशाख ।
कालिकोट जिल्ला महावै गाउँपालिका ३ ओदानकुका सुरज वहादुर सिंहको भिरबाट खसेर मृत्यु भएको छ । महावै गाउँपालिका घर भई केहि वर्ष देखी खाँडाचक्र नगरपालीका ७ मा वस्दै आएका सिंहको मंगलवार बेलुकी घर नजिकै बाख्रा लिन जादा चिप्लीएर पिलिको भिरबाट खसी मृत्यु भएको ७ का वडा अध्यक्ष रजवहादुर मल्लले बताए ।

पिलि बजारमा श्रीमतिले सामान्य व्यापार व्यवसाय गर्थिन मृतक सिंह गाडीमा काम गदैं आएका थिए । मंगलबार बेलुकि एक्कासी नसोचेको घटना सुन्नु प¥यो अध्यक्ष मल्लले बताए । घटना मंगलवार वेलुकिको हो भिरवाट लडेको भन्ने थाहा पाएपछी बुधबार विहान जिल्लाबाट आएको प्रहरी, वडा अध्यक्ष र स्थानीयवासी सहितको टोलीले झण्डै २ किलोमिटर टाढा तिला नदिको किनारमा मृतकको लास भेटाइएको प्रहरी चौकी पिलिका प्रहरी सहायक निरिक्षक नरवहादुर विकले जानकारी दिए ।


उनकाअनुसार लकडाउनका कारण लासलाई जिल्ला अस्पताल लिन गाह्रो भएकाले जिल्लावाट डाक्टरको टोली घटना स्थलमै आएर पोष्टमार्टम गरेको थिए । खाँडाचक्र लगायत कालिकोटका भिरपाखामा बाख्रा चराउन तथा दाउरा घाँस लिन जाँदा दर्जनौं व्यक्तिहरुले अकालमै ज्यान गुमाई सकेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार