नेकपा नेता रिजालको पहलमा स्वास्थ्य सामाग्री

सुर्खेत, २४ बैशाख ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा पार्टी विदेश विभाग उप प्रमुख विष्णु रिजालको पहलमा दैलेखमा थप स्वास्थ्य सामाग्री आइपुगेको छ । कोरोना भाइरस(कोभिड–१९) संक्रमण फैलिरहेको अवस्थामा भारत लगायतका तेस्रो मुलुकबाट दैलेखमा १५ सय भन्दा बढी र अरू जिल्लाबाट घर फर्किनेको सख्या सात सय भन्दा बढी नागरिक रहेका छन् ।

पर्याप्त उपकरणको अभावमा रहेको जिल्ला स्वास्थ्य कार्यालय र दुल्लु अस्पतालमा आवश्यक स्वास्थ्य सामाग्री पठाउनका लागि स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई भेटेर आग्रह गरे पश्चात् दैलेखमा स्वास्थ्य सामाग्री आइपुगेको बताइएको छ ।

दुल्लु अस्पतालले पनि नेता रिजालको समन्वयमा पठाएको ज्वरो नाप्ने थर्मल गन, ग्लोबल, सजिर्कल मास्क लगायतका सामाग्री अस्पतालमा पुगेको जानकारी दिएको छ । जिल्ला स्वास्थ्य कार्यालय दैलेखका इन्चार्ज डा. निरञ्जन पन्तका अनुसार जिल्ला स्वास्थ्यमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट ५० वटा पीपिइ, सेनिटाईजर २० लिटर, सर्जिकल २ हजार ५ सय, ग्लोबल र २ वटा आइआर थर्कोमिटर गन आएको जानकारी दिए ।

नेता रिजालले दुल्लु अस्पतालमा भने आफ्नो समन्वयमा काठमाडौँमा विभिन्न क्षेत्रमा रहेका साथीहरू र आफ्नो सहयोगमा थर्मल गन, ग्लोबल, सर्जिकल मास्कहरू पठाएको बताए । उनले भारत लगायतका तेस्रो मुलुकबाट आएकाहरूको छिटो स्वास्थ्य परीक्षण गर्न सहयोग पुग्ने उद्देश्यले उक्त सामाग्री पठाएको बताए । नेता रिजाल दैलेखको भैरवी गाउँपालिका निवासी हुन ।

तपाईको प्रतिक्रिया