कृषिमा आत्मनिर्भर हुने कार्यक्रम ल्याउन सुझाव

सुर्खेत, २४ बैशाख । कर्णाली प्रदेशसभा अन्तरगत गठित सामाजिक विकास समितिको बैठक बुधबार विद्युतीय माध्यमबाट (भर्चुअल)) सम्पन्न भएको छ ।  उक्त बैठकमा कोरोना महामारीको कारणबाट मुलुक लकडाउनमा रहेको अवस्थामा महामारी नियन्त्रण तथा व्यवस्थापन कार्यमा संसदीय समितिको भूमिका अझ क्रियाशिल हुनुपर्ने बिषयमा छलफल भएको छ ।
विशेष गरी वर्तमान परिवेशमा कोभिड-१९ को कारण सृजना भएको परिस्थितसँग सामान गर्न कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आगामी दिनमा तय गर्नु पर्ने नीतिगत व्यवस्थाका विषयमा छलफल भएको थियो ।


उक्त बैठकले कोभिड–१९ का विषयमा, कृषि उत्पादकत्व कसरी बृद्धि गरी कर्णाली प्रदेशलाई कृषिमा आत्मनिर्भर गराउँन सकिन्छ भन्ने विषय र आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा सामाजिक विकास मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले तय गर्नुपर्ने विशेष कार्यक्रमका विषयमा छलफल भएकाे थियाे ।

आगामी बैठकमा समितिको क्षेत्राधिकार मित्र पर्ने दुवै मन्त्रालयका मन्त्रीलाई बैठकमा बोलाउने निर्णय हुनुका साथै प्रत्यायोजित विधायनका सम्वन्धमा र समितिमा विचाराधिन रहेको स्वास्थ्य सेवा विधेयकमाथि विषय विज्ञसँग परामर्श गरी विधेयकलाई समयअनुकूल बनाउने निर्णय भएको छ ।
प्रदेश सासद तथा सामाजिक विकास समितिका अध्यक्ष राजु नेपालीको अध्यक्षतामा बसेको बैठकमा प्रदेश सासद कृष्णा शाह, प्रदेश सासद कौशिलावती खत्री, प्रदेश सासद ठम्मरबहादुर विष्ट, प्रदेश सासद पद्मा खड्का, प्रदेश सासद यज्ञबहादुर वि.सी., प्रदेश सासद रातो कामी र प्रदेश सासद सुशीलकुमार थापाको उपस्थिति रहेको थियो ।
सामाजिक विकास समितिको अर्को बैठक सामाजिक विकास मन्त्री र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीसँग समन्वय गरी यथाशक्य छिटो बस्ने निर्णय भएको कुरा समितिका सचिव राजेन्द्र पौडैल जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया